(रास्वपा) र (उनेपा)बिच सातबुँदे एकता पछि नागरिक सरकारका मन्त्रीहरू माथि प्रश्न उठ्यो

काठमाडौँ,१५ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बिच सातबुँदे एकता सहमति भएपछि अन्तरिम सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ । सोमबार राति सरकारका ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले हस्ताक्षर गरेपछि सरकारले निष्पक्ष निर्वाचन गर्नेमा प्रश्न उठेको छ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारलाई निर्वाचन गराउने मात्र म्यान्डेट रहेकाले कुनै दलमा सहभागी भएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताँउनु भयो । ‘यो सरकारलाई चुनाव गराउन मात्र म्यान्डेट दिएको हो । सरकारका मन्त्रीहरू नै पार्टीमा लागेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्नेमा प्रश्न उठेको छ’, उहाँले भन्नु भयो।

एमाले महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय सरकारका मन्त्रीलाई उपसभापति बनाएकोप्रति प्रश्न उठाँउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ, ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो ?’

पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता गिरिराजमणि पोखरेलले पनि नैतिकतामाथि प्रश्न उठाँउनु भएको छ। नयाँ शक्तिबिच एकता वा ध्रुवीकरण हुनुलाई सकारात्मक रुपमा लिँदै पोखरेलले यस्ता विषयमा सम्बन्धित व्यक्ति आफैंले बुझ्नुपर्ने स्पष्ट पार्नु भयो ।

‘आफैं धामी र आफैं झाँक्री जस्तो भयो । प्रश्न उठाउने भन्दा पनि सम्बन्धित दल वा व्यक्ति आफैंले बुझ्ने विषय हो । मुख्य कुरा निर्वाचन नगरी देशले निकास पाउँदैन । निर्वाचनमा जानैपर्छ । त्यसकै लागि नागरिक सरकार बनेको हो’, उहाँले भन्नु भयो । सरकारले निष्पक्ष निर्वाचन गराउनेमा चौतर्फी प्रश्न उठेका बेला रास्वपाका नेता गणेश पराजुलीले मन्त्री घिसिङले राजीनामा दिनेमा विश्वास व्यक्त गर्नु भएको छ ।

पराजुलीले भन्नु भयो, ‘नैतिकताका आधारमा उहाँले राजीनामा दिनुहुन्छ । यो नागरिक सरकार हो । रास्वमामा उहाँ जोडिएपछि पार्टीको जिम्मेवारी लिनुभएको छ । पार्टीको जिम्मेवारी पाएपछि राजीनामा दिनुपर्छ, दिनुहुन्छ । यस विषयमा पार्टीभित्र छलफल हुन्छ’, उहाँले भन्नु भयो।
यता प्राध्यापक लोकराज बरालले राजीनामा दिने विषय नैतिकताको प्रश्न भएको बताँउनु भयो। ‘नागरिक सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूले कुनै दलमा लागे वा दल खोलेमा राजीनामा दिनुपर्छ कि पर्दैन बनेर कुनै बाध्यकारी नियम त छैन । तर निष्पक्ष निर्वाचन गराउनेमा प्रश्न उठ्ने भएकाले राजीनामा दिनु राम्रो हुन्छ,’ उहाँले भन्नु भयो, ‘यो उसको नैतिकताको प्रश्न हो । निर्वाचन आचार संहिता लागु भएपछि राजीनामा दिन्छन् होला ।’

भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण जनताबाट निर्वाचित सरकार विस्थापित भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । तर मन्त्री घिसिङले मंसिर १७ गते आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी घोषणा गर्नु भएको थियो । त्यतिबेला पनि मन्त्री घिसिङको नैतिकतामाथि प्रश्न उठाउनु भएको थियो । एकता सहमतिको चार नम्बर बुँदामा घिसिङलाई रास्वपाले उपसभापति बनाउने भनिएको छ ।
सरकारका अर्का मन्त्री बब्लु गुप्ता समेत एकता सहमतिमा सक्रिय सहभागी हुनुन्थ्यो । जेनजी अगुवा समेत रहेका यादव युवा तथा खेलकुदमन्त्री रहनु भएको छ । यसअघि रास्वपा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भएको सहमतिलाई समर्थन हुने हिसाबले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री समेत रहेका जगदीश खरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको ‘स्टाटस’प्रति पनि नागरिक स्तरमा प्रश्न उठाँउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोले १० मेगावाटको सिप्रिङ खोला जलविद्युत ठप्प

काठमाडौं, ६ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

सुरक्षा सतर्कता बढाउँदै दिल्लीमा १६ वटा मेट्रो स्टेसन बन्द

काठमाडौं,६ साउन । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ

बिर्तामोड सडक विस्तारविरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ हुँदै

झापा,६ साउन। बिर्तामोड नगरपालिकाले अघि बढाएको महानन्द चोक–मुक्तिचोक सडक विस्तार योजना सर्वोच्च अदालत पुगेको छ। सडक विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै

बीपीले समावेशी लोकतन्त्र शब्दमा होइन, व्यवहारमा देखाउनुभयोः गगन थापा

काठमाडौं,६ साउन । नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले राजनीतिक दलहरूले बहस गर्नुपर्ने नागरिकका महत्त्वपूर्ण विषयहरूमा पर्याप्त छलफल हुन नसकेको बताउनु भएको छ। ४४औं बीपी

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,