एमालेका नेता तथा पूर्व सांसद बासुदेव घिमिरेद्धारा पार्टी परित्यागको घोषणा

बुटवल,१६ पुस । नेकपा एमालेका नेता एवम रूपन्देही–५ बाट प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव घिमिरेले एमाले छोडेको घोषणा गर्नु भएको छ। मंगलबार राति सामाजिक सञ्जालमा पोष्ट गर्दै घिमिरेले आबद्ध पार्टीको जिम्मेवारीमा नरहेको घोषणा गर्नु भएको छ । तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुखसमेत रहेका उहाँ एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित हुनु भएको थियो ।

उहाँले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै आजको दिन देखि आफू संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको घोषणा गर्नु भएको छ ।
‘अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि रहेको छ,’ उहाँले लेख्नु भएको छ, ‘देशको आवश्यकता,इतिहासको गति, आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देशप्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त हो । पुराना दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु ।’

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टीमा समाहित हुन प्रस्ताव आएको, प्रस्तावमा सकारात्मक रहे पनि निर्णयमा नपुगेको बताउनु भयो । उहाँले सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव आफू सबैसँग सँगसँगै रहने प्रतिबद्धता पनि जनाँउनु भएको छ् ।

रास्वपा स्रोतका अनुसार उनी रूपन्देही–२ बाट चुनाव लड्ने गरी छलफलमै छन् । रूपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल चुनाव लड्दै आएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोले १० मेगावाटको सिप्रिङ खोला जलविद्युत ठप्प

काठमाडौं, ६ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

सुरक्षा सतर्कता बढाउँदै दिल्लीमा १६ वटा मेट्रो स्टेसन बन्द

काठमाडौं,६ साउन । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ

बिर्तामोड सडक विस्तारविरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ हुँदै

झापा,६ साउन। बिर्तामोड नगरपालिकाले अघि बढाएको महानन्द चोक–मुक्तिचोक सडक विस्तार योजना सर्वोच्च अदालत पुगेको छ। सडक विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै

बीपीले समावेशी लोकतन्त्र शब्दमा होइन, व्यवहारमा देखाउनुभयोः गगन थापा

काठमाडौं,६ साउन । नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले राजनीतिक दलहरूले बहस गर्नुपर्ने नागरिकका महत्त्वपूर्ण विषयहरूमा पर्याप्त छलफल हुन नसकेको बताउनु भएको छ। ४४औं बीपी

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,