आगामी चुनावी सुरक्षालाई लिएर संघीय गृहमन्त्री अर्याल र कोशीका मुख्यमन्त्री कार्की बिच मतभेद

विराटनगर,१६ पुस । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा भेलामा आगामी निर्वाचनको वातावरणलाई लिएर संघीय सरकार र प्रदेश सरकारको नेतृत्वबिच मतभेद देखिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चुनावको वातावरण अझै नबनेको दाबी गर्नु भयो भने संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताँउनु भयो ।
सुरक्षा भेलामा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा अझै चुनावी वातावरण तयार भइनसकेको बताँउनु भएको छ । प्रहरीको मनोबल उठ्न नसकेको र सुरक्षा थ्रेटहरू कायमै रहेको भन्दै उहाँले हतारमा गरिने निर्वाचनले देशलाई अर्को मुठभेडतर्फ धकेल्ने चेतावनी दिनु भएको छ ।
मुख्यमन्त्री कार्कीले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाउँदै भन्नु भयो, ‘सिडिओ र प्रहरी प्रमुखहरूले आदेश कसरी पालना गर्छन् भन्ने अझै प्रष्ट छैन । जेनजी समूहहरूले उम्मेदवार बन्न र भोट माग्न नदिने धम्की दिइरहनु भएको छ । यस्तो अवस्थामा निर्वाचन सुरक्षा भरपर्दो हुन सकेको छैन ।’ उहाँले सुरक्षाको वातावरण मजबुत नबनाई चुनाव गराउँदा नेपाल फेरि असुरक्षित छ भन्ने सन्देश जाने र देश थप धराशायी हुने बताँउनु भयो ।

गत भदौ २३ र २४ गते देशभर भएका ध्वंसात्मक गतिविधिहरूलाई मुख्यमन्त्री कार्कीले ‘साम्राज्यवादको नयाँ रूप’ को संज्ञा दिनु भयो । उहाँले उक्त घटनालाई राज्यको सुरक्षा संयन्त्र फेल भएको दुर्लभ क्षणको रूपमा चित्रण गर्नु भयो । ‘एकै समयमा देशभर झण्डा बोकेर संरचना भत्काइनु, जेलबाट अपराधी भगाइनु र हतियार लुटिनु चानचुने घटना होइनन्,’ उहाँले भननु भयो, ‘हामी सबैका संयन्त्र फेल भए, हामी नै भाग्न बाध्य भयौँ । यसले शान्ति सुरक्षा हाम्रो नियन्त्रणमा नरहेको पुष्टि गर्छ ।’ यति मात्र नभई, मुख्यमन्त्री कार्कीले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगलाई ‘गैरकानुनी’ भन्दै आलोचना समेत गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले सुरक्षा चुनौती र वातावरणको अभाव औंल्याइरहँदा कार्यक्रमका प्रमुख अतिथि एवं संघीय गृहमन्त्री ओमप्रकाश अर्यालले भन्नु भयो तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गर्नु भएको छ । उहाँले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसबाट पछि हट्न नसकिने स्पष्ट पार्नु भयो ।

गृहमन्त्री अर्यालले भन्नु भयोे, ‘निर्वाचन घोषणा भएपछि सबै काम तालिका अनुसार नै अघि बढिरहेका छन् । सबै दलबाट प्रतिबद्धता आइसकेकाले चुनाव हुनेमा कुनै द्विविधा छैन ।’ उहाँले प्रदेश सरकारलाई पनि सक्रियतापूर्वक निर्वाचनको जिम्मेवारी पूरा गर्न निर्देशन दिनु भयो । सातै प्रदेशका प्रमुख सचिवहरूको नेतृत्वमा प्रदेशस्तरीय निर्वाचन सुरक्षा सेल निर्माण हुने जानकारी दिँदै उहाँले प्रदेश सरकारले आफ्नो सुरक्षा अधिकार सक्रियतापूर्वक प्रयोग गर्नुपर्ने बताउनु भयो ।
गृहमन्त्री अर्यालले सुरक्षा निकायको मनोबल उच्च रहेको र सरकारले सुरक्षा व्यवस्थालाई मजबुत बनाइरहेको दाबी गर्नु भयो । उहाँले वर्तमान सरकार दिन गनेर बस्ने नभई जिम्मेवारी पूरा गर्न लागिपरेको समेत दाबी गर्नु भयो ।
तर कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा सुरक्षा चुनौती कायमै रहेको बताउनु भयो । उहाँले ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएका हतियार, भागेका कैदीबन्दी र समाजमा बढ्दो असन्तुष्टि चुनावका लागि मुख्य चुनौती भएको औंल्याउँनु भयो । उहाँले संघीय सरकारलाई सुरक्षा अधिकार प्रत्यायोजन गर्न र प्रदेशलाई थप जिम्मेवारी दिन आग्रह गर्नु भयो ।
सुरक्षा भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रशासन प्रमुख तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा