दमक, १६ पुस । दमक आज फेरि एक महत्त्वपूर्ण मोडमा उभिएको छ। उद्योग वाणिज्य संघको आसन्न निर्वाचनले केवल पदको प्रतिस्पर्धा मात्र होइन, आगामी वर्षहरूको दिशानिर्देशन तय गर्नेछ। यही निर्णायक घडीमा युवा पुस्ताबाट अगाडि आउनु भएको छ , उमेश गजमेर।
२०४९ असोज २० मा जन्मिनुभएका उमेश, पिता रत्न बहादुर गजमेर र माता बुद्ध कुमारी गजमेरका परिवारबाट सिक्नुभएको छ , इमान र मेहनत। परिवार, व्यवसाय र समाजप्रति जिम्मेवारीबोध नै उहाका लागि नेतृत्वको आधार बनेको छ।
जीवनसाथी लक्ष्मी गजमेरसँगै दमक–८ बसोबास गर्दै आउनुभएका उमेश आज दमक ६ संखधर चोकमा “श्री रत्न ज्वेलरी, संचालन गर्दै स्थानीय व्यवसायीक समुदायमा चिनिने नाम बनीरहनु भएको छ । उमेशलाई अलग बनाउने कुरा केवल उहाको व्यवसाय होइन। उहा युवा उद्यमीलाई संगठित बनाउने, सक्षम बनाउने र हौसला दिने यात्रामा सक्रिय हुनुहुन्छ ।
दमक जेसिजमा कार्यसमितिमा रहेर उहाले युवालाई नेतृत्वमा ल्याउने कामलाई प्राथमिकता दिनुभयो। कार्यक्रम, प्रशिक्षण र अवसरमार्फत उद्यमशील सोच फैलाउँदै उहाले “युवाले केही न केही गर्न सक्छन्” भन्ने विश्वासलाई व्यवहारमै उतार्ने प्रयास गर्नुभयो ।
त्यस्तै, सुनचाँदी व्यवसायी संघमा रहेर उहाले व्यवसायको हक अधिकार, सुरक्षा र पारदर्शी व्यवस्थापनका लागि आवाज उठाउनु भयो । बजारको समस्या, नीतिगत अन्योल र जोखिम व्यवस्थापनमा निरन्तर पहल गर्नु, उहाका लागि पदले मात्र नभएर होइन, जिम्मेवारी बोध पनि थियो । आज यहि युवा व्यवसायी पुस १८ नजिकिँदै गर्दा, दमक उद्योग वाणिज्य संघमा तृतीय उपाध्यक्षको सशक्त उम्मेदवारका रूपमा उहाँ अघी बढिरहनुभएको छ । उहाँ चुनावलाई प्रतिस्पर्धा मात्र होइन, “परिणाममुखी नेतृत्व” जन्माउने अवसरका रूपमा हेर्नुहुन्छ ।
उहाको दृष्टिमा संघले युवालाई ठाउँ दिनुपर्छ, स्थानीय उद्यमलाई सुरक्षित र विस्तारयोग्य बनाउनु पर्छ, अनि व्यवसायिक समुदायको आवाजलाई नीति निर्माणसम्म पु¥याउन सक्नुपर्छ। युवा शक्ति उठ्दा परिवर्तन स्वाभाविक हुन्छ। उमेश गजमेरजस्ता उद्यमशील, जिम्मेवार र क्रियाशील युवाले नेतृत्व सम्हाल्दा संघले आधुनिक सोच, योजना र भिजन पाउने छ । यही विश्वासका साथ धेरै व्यवसायी र युवा उमेशलाई नयाँ पुस्ताको प्रतिनिधि मानिरहेका छन्।
दमकमा नेतृत्वको नयाँ अध्याय खुल्ने संकेत देखिँदै छ।र, त्यो अध्यायको मध्यभागमा उभिनुभएको छ ,युवा उद्यमी, सम्भावनाका प्रतीक उमेश गजमेर।









