लौकहीमा सफारी चालक माथि गोली चलाउने हवल्दार नियन्त्रणमा

सुनसरी,१८ पुस । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने सशस्त्र प्रहरीका बरिष्ठ हवल्दारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

गोलीकाण्डको विषयमा छानबिनका लागि हिजो (बिहीबार) नै समिति गठन गरेकोमा प्रहरीले सोधपुछको लागि भन्दै गोली चलाउने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई नियन्त्रणमा लिएको छ।

भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साह माथि सशस्त्र प्रहरीले बुधबार विहान गोली चलाएको थियो । उनको तत्कालै मृत्यु भएको हो।

गोली हान्ने हवल्दारलाई बिहिबार नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी चन्द्र खड्काले जानकारी दिनु भयो । घटनापछि बिहीबार नै लौकहीस्थित सशस्त्रको बोर्डर आउट पोस्टमा कार्यरत सबैलाई फिर्ता बोलाइएको छ ।

घटनाको छानविनको लागि सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपानेको संयोजकत्वमा डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको छानविन समिति गठन भएको छ । समितिलाई ७ दिनको म्याद दिइएको बताइएको छ ।

साहको मृत्यु भएपछि बिहीबार दिनभर तनावग्रस्त बनेको लौकहीको अवस्था घटनाको छानविन गर्ने सहमतिपछि सामान्य भएको थियो । घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्ने, मृतकको परिवारबाट सशस्त्र प्रहरीमा जागिरका लागि इच्छा राखेमा सहयोग गर्ने, काजकिरिया खर्चबापत पीडित परिवारलाई १ लाख सशस्त्र प्रहरीले दिने, लौकहीमा अर्को सशस्त्र प्रहरीको टोलीलाई पठाई पुरानोलाई फिर्ता ल्याउने सहमति भएको छ।

सहमतिपछि परिवारजनले जिम्मा लिएर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको जनाइएको छ । साहको मृत्युपछि आक्रोशित स्थानीयले लौकही बजारमा राखेर प्रदर्शन गर्नुका साथै लौकही बजारमा रहेका सशस्त्र प्रहरी पोष्टमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्।

स्थानीले तस्करीको भागबण्डा नपाएपछि सशस्त्रले गोली हानेर साहको हत्या गरेको आरोप लगाएका थिए । सशस्त्रमाथि पहिलेदेखि नै सुरक्षामा भन्दा भागबण्डामा काम गरिरहेको आरोप रहेको छ ।

लौकही नाकाबाट तीन वटा अटो रिक्सामा चिनी लिएर आएको समूहलाई सशस्त्रले गोली हानेको हो। सशस्त्र प्रहरीले भने तस्करको समूहले पहिला गोली हानेको र जवाफी कारबाही गर्दा दुर्घटना भएको दाबी गर्दै आएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा