कमलको यस ठाउँमा जनश्रमदानबाटै बन्दैछ ३० लाख लगानीमा मुक्तिघाट

दमक, १८ पुष । इच्छा शक्ति भयो र मनमा सामाजीक काम गर्ने हुटहुटी भयो भने नागरीक स्तरबाटैपनि मनग्गे काम हुन सक्छन् । तर त्यो काम र योजना त्यस ठाउँकालागी अति आवश्यक हुनुपर्यो । त्यसको अभावमा गाउँको शीर झुकेको भयो भने त्यसलाई पूर्णता दिन थप हौसाला र साहस आउने रहेछ । यो कुरालाई झापाको कमल ६ खयरबारीका बासिन्दाहरुले पुष्टि गरीदिएका छन् । यहाँका नागरीकहरुनै मिलेर श्रमदान मार्फतनै ३० लाख रुपैँयाको लागतमा यहाँ मुक्ति घाट बनिरहेको छ ।
रतुवा पुलबाट करिव ५ सय मिटर दक्षीण । दमकको वार्ड नं ८ स्थित इलाका प्रशाषन कार्यालयबाट हेर्ने हो भने यसो खोला पारीको स्थल । यो ठाउँको नाम हो खयरबारी । खयरबारीका स्थानीयहरु सामान्य आर्थीक अवस्थाका छन् । उनीहरु कसैको मृत्यू सस्कारकालागी अन्त्यष्टि स्थल लैजान मात्रै एक डेढ लाख खर्च गर्न सक्ने क्षमता छैन । घर छेउमै रतुवा नदि निरन्तर बगीरहेको छ । तर स्थानीयहरु ऋण काढेर भएपनि कन्काई माई लगीरहेका छन । केहि समय अघी यस ठाउँमा भएको मरीमराउँ घटनामा अन्त्यष्टिकालागि रतुवाकै किनारमा ल्याइएको थियो । तर यहाँ आएका मलामीहरुले सास्ती भोग्नु पर्यो । लास र काममा बस्नुपर्ने आफन्तले पनि समस्या झेल्नु पर्यो । पानी परेका कारण सबै भीज्नु पर्ने अवस्था सृजना भएपछि यस ठाउँमा अव जसरीपनी मुक्तीघाट बनाउने प्रण स्थानीयले गरे ।

यसपछि यो समस्या र अभाव टार्न यहाँ रहेको खयरबासी यूवा क्लवलाई सकृय बनाइयो । दशैमा चीट्ठा र तीहारमा देउसी भैलो खेलाइयो । अनी केहि स्थानीबासीहरुबाट सहयोग पनि मागीयो । यसबाट करिव १० देखी १२ लाख रुपैँया संकलन भयो । सो संकलीत रकमबाट अहिले यहाँ धमाधम मुक्तीघाट निर्माणको काम भइरहेको छ । यहाँ काम गरीरहेकाहरु कोहिपनि हाजीरावाला हैनन । सबैले आ आफुले जानेको र सकेको काम गरेर मुक्तीघाट बनाउन कस्सी रहेका छन् । स्थानीय यूवा, महिला, बृद्ध सबै वर्गका नागरीकले गरेको यो काम देखेर यो बाटो भएर हिडीरहनु भएका दमकका पुण्ड्य प्रसाद पराजुलीले बाटैमा आर्थीक सहयोग पनि गर्नु भयो ।

यो योजना पुरा गराउन अझै २० देखी २५ लाख रुपैँया लाग्न सक्छ । किनकी यहाँ दुईतले भवन बन्ने छ । भवनको तल्लो तलामा नुहाउने देखी भण्डारण कक्ष बनाइने छ । माथील्लो तलमा मलामी बस्ने र खाजा खुवाउने ठाउँ बनाइने छ । यती मात्रै नभएर खोलाको तीरमा कम्तिमा दुईवटा दाहसस्कार गर्ने स्थाई संरचना समेत बनाइने छ । यी सबै काम बढिमा ६ महिना भीत्रमा गरिसक्नेगरी लागेको र सरकारी दाता बाहेक नागरीक स्तरबाटै सहयोग संकलन गरेर यो योजना पुरा गराउने उद्धेस्य राखीएका खयरबारी यूवा क्लवका अध्यक्ष राम शाही ठाकुरीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वर्षौ देखी यस क्षेत्रका नागरीकले यहाँ मुक्ति घाट निर्माणकालागी राज्यका निकायमा माग राखीरहेका थिए । तर राज्यका सबै निकायले कानमा तेल हालेर बसेपछि सरकारी सहयोग नलीइ नागरिक स्तरबाटै योजना सम्पन्न गर्ने प्रण गरेर अघी बढिरहेका छन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा

बाढी–पहिरोले ७ प्रमुख राजमार्ग ठप्प, ५१ सडक भने सुचारु

काठमाडौं,५ साउन। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन्। सडक विभागले

धनुषामा ’एक विद्यार्थी एक रुख’ अभियान सुरु

जनकपुर,५ साउन । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३