झुप्रामा बस्ने ३२ परिवारले आश्रय पाए

 

 

 

 

विराटनगर  सामूहिक वस्ती विकासको गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा विराटनगर महानगरपालिकाले निर्माण गरेको नयाँ संरचनामा ३२ परिवारले आश्रय पाएका छन् ।

अल्पसंख्यक मुसहर (ऋषिदेव) समुदायका स्थानीयको लागि ‘महानगर आवास’ योजनाअन्तर्गत वस्ती निर्माण गरी हस्तान्तरण गरिएको हो ।
स्थानीयका अनुसार नयाँ घरमा सरेपछि अब सिंघीया खोलाको बाढीले उठिबास लगाउने हो कि भन्ने रत्तिभर पिर छैन ।

‘नयाँ बस्तीमा सरेपछि त चैनको निन्द्रा पर्न थालेको छ’ स्थानीय कविता ऋषिदेवले भनिन्, ‘छोराछोरी धुलोहिलोमा डुब्लान भन्ने पिर पनि अब हटेको छ ।’ एक परिवारका लागि दुईवटा सुत्ने कोठा, एक भान्सा घर र शौचालयसहितको व्यवस्थित घर बनेको छ ।

विराटनगर महानगरपालिकाले बस्तीमा नाला, बाटो बनाई खानेपानीका लागि ट्यूबेल जडान गरिदिएको छ । यही भौतिक संरचनामा क्रृषिदेव परिवारको दिनचर्या चल्न थालेको छ ।

लालसे ऋषिदेवलाई खोला किनारको झुप्रोबाट कहिल्यै पार नपाइएला कि भन्ने ठूलो चिन्ता थियो । सिंघीयाको बाढीले घर बगाएपछि उनी निक्कै लामो समय दाताले दिएको पालमुनि ओत्तिएका उनलाई अब न खोला न त बाढीले अत्यास पार्ने हो कि भन्ने पिर छ । ‘हाम्रो त दिन फिरेर आएको छ । अहिले त पक्की घरमा बस्न पाइएको छ’ उनले भने ।

कविता र लालसे जस्तै मुनिश्री ऋषिदेवका दिन पनि फिरेका छन् । श्रीमान र उनी दैनिक ज्यालादारीमा श्रम गर्छन् । दैनिक हुने कमाईले परिवार चलेको छ । छोराछोरीलाई पनि नजिकैको आधारभुत विद्यालयमा पढाउन सजिलो भएको छ ।

महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख पुनम दाहालका अनुसार घर नभएका विपन्न परिवारलाई लक्षित गरी ३२ घर निर्माण गरिएको हो । महानगर प्रमुख भीम पराजुलीले बाढीबाट हरेक वर्ष डुबानमा पर्ने विपन्नका बस्तीलाई सुरक्षित स्थानमा सार्ने उद्देश्यसाथ आवास योजना अघि सारिएको बताएका छन् ।

बस्ती विकासमा महानगरपालिकासँग हेबट्याट्स फर ह्युम्यानिटी, जीवन विकास र सहारा नेपालले साझेदारी गरेका छन । भवन निर्माणको सबै खर्च हेबट्याट्सले गरेको हो भने महानगरले सडक तथा ढल निर्माणमा लगानी गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।