झुप्रामा बस्ने ३२ परिवारले आश्रय पाए

 

 

 

 

विराटनगर  सामूहिक वस्ती विकासको गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा विराटनगर महानगरपालिकाले निर्माण गरेको नयाँ संरचनामा ३२ परिवारले आश्रय पाएका छन् ।

अल्पसंख्यक मुसहर (ऋषिदेव) समुदायका स्थानीयको लागि ‘महानगर आवास’ योजनाअन्तर्गत वस्ती निर्माण गरी हस्तान्तरण गरिएको हो ।
स्थानीयका अनुसार नयाँ घरमा सरेपछि अब सिंघीया खोलाको बाढीले उठिबास लगाउने हो कि भन्ने रत्तिभर पिर छैन ।

‘नयाँ बस्तीमा सरेपछि त चैनको निन्द्रा पर्न थालेको छ’ स्थानीय कविता ऋषिदेवले भनिन्, ‘छोराछोरी धुलोहिलोमा डुब्लान भन्ने पिर पनि अब हटेको छ ।’ एक परिवारका लागि दुईवटा सुत्ने कोठा, एक भान्सा घर र शौचालयसहितको व्यवस्थित घर बनेको छ ।

विराटनगर महानगरपालिकाले बस्तीमा नाला, बाटो बनाई खानेपानीका लागि ट्यूबेल जडान गरिदिएको छ । यही भौतिक संरचनामा क्रृषिदेव परिवारको दिनचर्या चल्न थालेको छ ।

लालसे ऋषिदेवलाई खोला किनारको झुप्रोबाट कहिल्यै पार नपाइएला कि भन्ने ठूलो चिन्ता थियो । सिंघीयाको बाढीले घर बगाएपछि उनी निक्कै लामो समय दाताले दिएको पालमुनि ओत्तिएका उनलाई अब न खोला न त बाढीले अत्यास पार्ने हो कि भन्ने पिर छ । ‘हाम्रो त दिन फिरेर आएको छ । अहिले त पक्की घरमा बस्न पाइएको छ’ उनले भने ।

कविता र लालसे जस्तै मुनिश्री ऋषिदेवका दिन पनि फिरेका छन् । श्रीमान र उनी दैनिक ज्यालादारीमा श्रम गर्छन् । दैनिक हुने कमाईले परिवार चलेको छ । छोराछोरीलाई पनि नजिकैको आधारभुत विद्यालयमा पढाउन सजिलो भएको छ ।

महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख पुनम दाहालका अनुसार घर नभएका विपन्न परिवारलाई लक्षित गरी ३२ घर निर्माण गरिएको हो । महानगर प्रमुख भीम पराजुलीले बाढीबाट हरेक वर्ष डुबानमा पर्ने विपन्नका बस्तीलाई सुरक्षित स्थानमा सार्ने उद्देश्यसाथ आवास योजना अघि सारिएको बताएका छन् ।

बस्ती विकासमा महानगरपालिकासँग हेबट्याट्स फर ह्युम्यानिटी, जीवन विकास र सहारा नेपालले साझेदारी गरेका छन । भवन निर्माणको सबै खर्च हेबट्याट्सले गरेको हो भने महानगरले सडक तथा ढल निर्माणमा लगानी गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत