सुरुङगा | १९ पुस | झापा जिल्लाको कनकाई नगरपालिका–४ स्थित माई खोलाको पुल छेउमा शंकास्पद झोला फेला परेको छ।
मिति २०८२ साल पुस १९ गते राति के कति समयमा फेला परेको उक्त कालो झोलाको भित्री भागमा प्रेसर कुकरको बिड जस्तो देखिने वस्तु तथा कालो र रातो रङका तार देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय सुरुङाबाट प्रहरी टोली घटनास्थलमा खटिएर आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो। त्यसपछि बिहान ७ बजेर ५० मिनेटमा नेपाली सेना श्री अरिदमन गण चारआलीबाट सैनिकको कमाण्डमा बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान १० बजेर ११ मिनेटमा उक्त झोलामा रहेको बस्तु नियन्त्रित रुपमा बिस्फोट गराई डिस्पोज गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक जाँचका क्रममा प्रेसर कुकरमा बिष्फोटक पदार्थ नरहेको पुष्टि भएको छ।
उक्त कालो झोलाभित्र ‘सनातन सुरक्षा सेना नेपाल’ नाम उल्लेख गरिएको घोषणा पत्र वा पर्चा पम्पलेट जम्मा पाँच प्रति फेला परेको प्रहरीको भनाइ छ।
घटनाका कारण पूर्व–पश्चिम लोकमार्गमा कुनै अवरोध नआएको र दुवैतर्फ सवारी आवागमन सामान्य रुपमा सञ्चालन भइरहेको जनाइएको छ।

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता
काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा








