उर्लाबारीमा सडक दुर्घटना सम्बन्धि सचेतता कार्यक्रम

उर्लाबारी | १९ पुस | सडक यातायात दुर्घटनाका कारण बढ्दो मानवीय क्षतिलाई न्युनिकरण गर्ने उद्देश्यले एन्जल फाउन्डेसनको आयोजनामा सडक यातायात दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत जय सिंह राजवंशीको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बराल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।
प्रमुख अतिथि बरालले सवारी साधन चलाउँदा अनिवार्य रूपमा पालना गर्नुपर्ने ट्राफिक नियम, सडक सुरक्षा र जिम्मेवार सवारी चलाउने अभ्यासका विषयमा सहभागी चालकहरूलाई प्रशिक्षण दिनु भयो।
त्यसैगरी एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत जय सिंह राजवंशीले सडक दुर्घटना भइहालेको अवस्थामा स्थानीय स्तरमा उपलब्ध साधन स्रोतको प्रयोग गरी कसरी जीवन रक्षा गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै फरिस्ता क्लिनिककी मेडिकल अधिकृत डा. रम्भा मण्डलले सवारी चालकहरूको दैनिक जीवनशैली, स्वास्थ्य सचेतना र सुरक्षित जीवन पद्धतिका विषयमा जानकारी गराउनु भयो।
सन्तोष कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिटी सवारी र अटो सवारी चालक गरी जम्मा ५५ जनाको सहभागिता रहेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा

बाढी–पहिरोले ७ प्रमुख राजमार्ग ठप्प, ५१ सडक भने सुचारु

काठमाडौं,५ साउन। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन्। सडक विभागले

धनुषामा ’एक विद्यार्थी एक रुख’ अभियान सुरु

जनकपुर,५ साउन । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३

हर्क साम्पाङ जानकी मन्दिर आउने भएपछि जनकपुरमा विरोध प्रदर्शन

जनकपुर,५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जनकपुरधामको जानकी