आगामी निर्वाचनका लागि झापामा कति सुरक्षाकर्मी परिचालन गरिने ?

झापा, पुष २० । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि झापामा ७ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जनपद , सशस्त्र प्रहरी र उनीहरुका निर्वाचन प्रहरी ( म्यादी प्रहरी) गरी त्यति धेरै सुरक्षाकर्मी परिचालन गरिने भएको छ। नेपाली सेनाको तथ्यांक यसमा समावेश भएको छैन ।

झापामा करिव २२ सय जनपद प्रहरी र जनपद प्रहरीका ४ हजारभन्दा बढी निर्वाचन प्रहरी खटाइने एक प्रहरी अधिकृतले बताउनु भयो । उहाँले जनपद प्रहरीले ४ हजारभन्दा बढी निर्वाचन प्रहरीको भर्ना खोल्न लागेको जानकारी दिनु भयो । जिल्लामा ८१५ वटा मतदान केन्द्र रहेका छन् । एउटा मतदान केन्द्रमा पाँचजनाको दरले निर्वाचन प्रहरी खटाउनु पर्ने भएकाले कम्तीमा ४ हजार ३५ निर्वाचन प्रहरी र करिव २२ सय जनपद प्रहरी परिचालन गरिने उहाँले जानकारी दिनु भयो ।

त्यस्तै सशस्त्र प्रहरीतर्फ करिव १६ सय जनशक्ति खटिने भएका छन् । सशस्त्र प्रहरीले पनि यस पटक निर्वाचन प्रहरी ( म्यादी प्रहरी ) को भर्ना लिने भएको छ । झापामा सशस्त्र प्रहरीले ४८९ जना निर्वाचन प्रहरीको भर्ना खोल्न लागेको बताएको छ । गत निर्वाचनको तुलनामा मतदाता र मतदान केन्द्र बृद्धि भएकाले सुरक्षाकर्मी पनि बढाइने ती प्रहरी अधिकृतले जानकारी दिनु भयो ।

झापामा ५० हजारभन्दा बढी मतदाता बृद्धि हुँदा ४९ वटा मतदान केन्द्र थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता तथा केन्द्र संख्या विवरण अनुसार २०७९ सालको निर्वाचनको तुलनामा झापामा पुरुष २७ हजार ३०२ र महिला २२ हजार ९२४ गरी ५० हजार २२६ जना मतदाता बढेका छन् ।

२०७९ को निर्वाचनमा झापामा कुल मतदाताको संख्या ६ लाख ६३ हजार ३११ रहेको थियो । यो निर्वाचनमा बढेर ७ लाख १३ हजार ५३७ पुगेको छ। त्यस्तै गत निर्वाचनमा ७६६ वटा मतदान केन्द्र रहेकोमा यसपटक ४९ वटा बढेर ८१५ वटा पुगेको छ । मतदान स्थल भने बढाइएको छैन । झापामा २८५ वटा मतदान स्थल रहेका छन् ।

झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ र सबैभन्दा कम क्षेत्र नं ४ मा रहेका छन् । क्षेत्र नं ५ मा ८१ हजार ८१ पुरुष र ८२ हजार २९६ महिला गरी जम्मा १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन् । त्यसपछि क्षेत्र नं २ मा ७३ हजार ९५० पुरुष र ७३ हजार ५६७ महिला गरी १ लाख ४७ हजार ५२२ जना मतदाता रहेका छन् ।

त्यस्तै क्षेत्र नं ३ मा ७१ हजार १७४ पुरुष र ६९ हजार ६८३ महिला गरी १ लाख ४० हजार ८५७ जना मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नं १ मा ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ महिला गरी १ लाख ३१ हजार ६७ जना मतदाता रहेका छन् भने सबैभन्दा कम क्षेत्र नं ४ मा ६६ हजार २८३ पुरुष र ६४ हजार ४२८ महिला गरी १ लाख ३० हजार ७१२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । जिल्लाका ८१५ मतदान केन्द्रलाई सामान्य , संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइने भएको हो ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।