एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र

काठमाडौँ,२१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई तीव्र पारि रहेको छ। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन्।
एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारको एकल नाम सिफारिस भइसकेको छ भने कतिपय जिल्लाबाट सर्वसम्मत रूपमा एकल नाम पठाइएको छ ।केही स्थानमा एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरी केन्द्रमा पठाइएको हो।

अहिलेसम्म एकल सिफारिस हुनेहरूमा पार्टी अध्यक्ष केपी शर्मा ओली (झापा–५), महासचिव शंकर पोखरेल (दाङ–२) र उपाध्यक्ष विष्णु पौडेल (रुपन्देही–२) रहनु भएको छ । त्यस्तै, काठमाडौँ–५ बाट ईश्वर पोखरेल, गुल्मी–१ बाट प्रदीप ज्ञवाली, गुल्मी– २ बाट गोकर्ण विष्ट, भक्तपुर–२ बाट महेश बस्नेत र कैलाली–४ बाट लेखराज भट्टको नाम एकल रूपमा सिफारिस हुनु भएको छ। मधेस प्रदेशका सिरहा–३ बाट लीलानाथ श्रेष्ठ, रौतहट–१ बाट अजय गुप्ता, सर्लाही–३ बाट हरि उप्रेती र महोत्तरी–१ बाट लक्ष्मी महतो कोइरीको नाम पनि एकल सिफारिसमा परेको हो।
त्यसैगरी नुवाकोट–१ बाट बद्री मैनाली, गोरखा–२ बाट मिलन गुरुङ, नवलपुर–२ बाट तिलक महत, कपिलवस्तु–१ बाट विश्राम चौधरी र बाँकेका दुई क्षेत्रबाट क्रमशः सूर्य ढकाल र दलबहादुर सुनार सिफारिस हुनु भएको छ्। कोशी प्रदेशको इलाम–२ बाट सुहाङ नेम्वाङको नाम तय भएको छ भने कर्णाली र सुदूरपश्चिमबाट सुर्खेतका दुवै क्षेत्रमा ध्रुव शाही र कलाधर देवकोटा, सल्यानबाट गुलाबजङ्ग शाह, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेश ठगुन्नाको नाम एकल रूपमा सिफारिस भएको हो। काठमाडौँ–२ बाट भने मणिराम फुयाँलको नाम प्रस्ताव गरिएको हो।

अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी रहेको छ। सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिसहरू केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुङ्गो भने पार्टीको केन्द्रीय कमिटीले लगाउने एमालेले बताएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।

प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन,सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता होइन : विश्वप्रकाश शर्मा

काठमाडौं,४ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताउनु भएको छ । बीपी स्मृति दिवसका

आयोगहरु संवैधानिक बनेपछि निष्क्रिय भयो : सभापति राई

काठमान्डौं, ४ साउन ।  राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता