सुरक्षा व्यवस्था कडा

वीरगञ्जमा हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिए

प्रशासनले निकास खोज्नका लागि हिन्दुवादी सङ्गठनका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ।

वीरगञ्ज,२१ पुस । धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर सुरु भएको विवादका कारण वीरगञ्ज महानगरपालिका क्षेत्र सोमबार बिहानैदेखि तनावग्रस्त बनेको छ। हिन्दु र मुस्लिम समुदायका प्रदर्शनकारीहरू एकअर्काविरुद्ध सडकमा उत्रिएपछि स्थिति नियन्त्रण बाहिर जान नदिन सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको बताइएको छ।

आइतबार मुस्लिम समुदायले धनुषाको घटनालाई लिएर प्रदर्शन गरेको थियो। त्यसको विरोधमा र हिन्दु देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि विभिन्न हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएका छन् । हिन्दु धर्मको अपमान गर्नेहरूलाई कारबाहीको माग गर्दै उनीहरूले नाराबाजी गरिरहेका छन्।

पर्सा प्रहरीका अनुसार अहिले दुवै समुदाय आमनेसामने भएर प्रदर्शन गरिरहेका छन्। सम्भावित झडप र हिंसालाई रोक्न प्रहरीले वीरगञ्जको मुख्य क्षेत्र मकालु चोकमा सर्वसाधारण र प्रदर्शनकारीको प्रवेशमा रोक लगाइ रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले मकालु चोकबाट मुस्लिम बस्ती छपकैयातर्फ जान र छपकैयाबाट मुख्य बजारतर्फ आउन बन्देज लगाइएको छ।

स्थिति उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति कायम गर्न सक्रियता देखाएको छ। प्रशासनले निकास खोज्नका लागि हिन्दुवादी सङ्गठनका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ। विवादलाई संवादमार्फत टुङ्ग्याउन र सामाजिक सद्भाव कायम राख्न प्रशासनले स्थानीय नागरिक समाज र अगुवाहरूलाई पनि अपिल गरेको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुरधामका अतिक्रमित पोखरी खाली गर्न ७ दिने म्याद

जनकपुरधाम,१८ कार्तीक । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना

बागलुङमा रास्वपा नेताको घरबाट ९ जुवाडे पक्राउ, १ लाख ६४ हजार बरामद

बागलुङ,१८ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमर खड्काको घरमा जुवातास खेलि रहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।बागलुङ बजारमा जुवातास खेल

उर्लाबारीको मोबाइल पसलबाट जुवा खेलि रहेका १० जना पक्राउ

उर्लाबारी,१८ कार्तीक । मोबाइल बिक्री गर्ने पसलभित्र तासको खाल जमाएर बसेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा सञ्चालित मोबाइल जोन

फौजदारी तथा घरेलु हिंसामा मेलमिलाप हुँदैन : कानुनमन्त्री गौतम

काठमाडौं,१७ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन

अर्जुनधाराको पानी कैलाशघाट पुर्‍याउन श्रमदान सुरु

झापा, १७ कात्तिक  । श्रम संस्कृति पार्टीले श्रमदानबाट गर्न लागेको अर्जुनधारा जलेश्वर धामको पानी कैलाश घाटसम्म पुर्‍याउने अभियान आज कार्तीक १७ देखि शुरु भएको छ

इलाममा कात्तिक १८ देखि गोदावरी फूल प्रदर्शनी

इलाम,१७ कार्तीक । तिहार नजिकिएसँगै फूलको माग र कारोबार बढ्ने समयलाई लक्षित गरी इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला आयोजना हुने भएको छ। फ्लोरीकल्चर नेपाल इलामको

मापदण्ड विपरीत कर्मचारी सरुवा गरिएको भन्दै जनकपुरमा प्रदर्शन

जनकपुर,१७ कार्तीक । मधेश प्रदेशमा वन कर्मचारीको सरुवा मापदण्ड विपरीत गरेको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले सांकेतिक विरोध प्रदर्शन गरेको छ । मंगलबार