सिंहवाहिनीका पाइलटसहित ६ जना सम्मानित बन्दै

सिंहवाहिनी भूपू विद्यार्थी सञ्जालको प्रथम साधारणसभा तथा तेस्रो पुनर्मिलन कार्यक्रम

पथरी, २१ पुस / मोरङको पथरी शनिश्चरे ९ स्थित श्री सिंहवाहिनी मावि भूतपूर्व विद्यार्थी सञ्जालको पुस २७ मा हुने प्रथम वार्षिक साधारणसभाको अवसरमा पाइलटसहित विद्यालयमा विशेष योगदान पुर्‍याउने ६ जनालाई सम्मानित गरिने भएको छ ।

 

सञ्जालका अध्यक्ष राजकुमार राईको अध्यक्षताको पछिल्लो बैठकले सम्मान छनोट समितिले सिफारिस गरेका पूर्व विद्यार्थी पाइलट डा.भोगेन्द्र कठायतसहितलाई सम्मानित गर्ने निर्णय गरेको हो । ०३५ सालमा स्थापना भएको सो विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष गणेशबहादुर बस्नेत, चौथो अध्यक्ष गोपाल नेपाललाई पनि दोसल्ला र सम्मानपत्रले सम्मानित गर्ने निर्णय भएको छ । त्यस्तै, दोस्रो अध्यक्ष स्व. धर्मानन्द पराजुली, तेस्रो अध्यक्ष स्व. पुष्पबहादुर चौहानलाई समेत मरणोप्राप्त सम्मानित गरिने छ । सञ्जाल सचिव भूपेन्द्रराज तिम्सिना संयोजक रहेको सम्मान छनोट समितिमा सञ्जाल उपाध्यक्ष राजकुमार विश्वकर्मा र विद्यालयका प्रधानाध्यापक एवम् सञ्जाल सल्लाहकार उमेशकुमार खड्का सदस्य रहनु भएको थियो । विद्यालयको उन्नतिमा योगदान दिने तथा भूतपूर्व विद्यार्थीका रुपमा ख्याति कमाएकाहरुलाई वर्षेनी क्रमशः सम्मानित गर्दै लाने सञ्जालको योजना रहेको छ ।

 

विद्यालयको खेलमैदान क्षेत्रमा हुने विद्यार्थी पुनर्मिलनसहितको सो कार्यक्रममा सञ्जालका हालसम्मका गतिविधि, अक्षयकोष निर्माणको योजना तथा विद्यालयकातर्फबाट विद्यालयका गतिविधि सम्बन्धिका प्रतिवेदन प्रस्तुत हुनेछन् ।

 

भूपू विद्यार्थीहरुबीचको एकता, सद्भावका साथै विद्यालयमा गुणस्तरीय शिक्षा तथा विद्यार्थीको पठनपाठनमा सघाउने योजना अनुरुप ०८१ पुस २७ मा भएको दोस्रो पुनर्मिलन कार्यक्रमबाट औपचारिक रुपमा सञ्जाल गठन गरी नगरपालिका कार्यालयमा दर्ता गरिएको छ । यो तेस्रो पुनर्मिलन कार्यक्रम हो । सञ्जाल कोषाध्यष शारदादेवी बस्नेतको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ ।

 

सञ्जालको पहलमा यसअघि विद्यालयमा खानेपानीको प्लान्ट जडान तथा विद्यालय रंगरोगन कार्य सम्पन्न भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।

प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन,सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता होइन : विश्वप्रकाश शर्मा

काठमाडौं,४ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताउनु भएको छ । बीपी स्मृति दिवसका

आयोगहरु संवैधानिक बनेपछि निष्क्रिय भयो : सभापति राई

काठमान्डौं, ४ साउन ।  राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता