दुर्घटना

संखुवासभामा दुर्घटना हुदा १३ जनाको मृत्यु  :  मृतकहरुको पहचिान हुन सकेको छैन

 

 

 

 

संखुुवासभा — संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

घटनास्थलमा रहेका मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङले १३ जनाको शव निकालिएको बताए । मृतकहरुको पहिचान भइसकेको छैन ।

बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको स्थानीय डम्बरबहादुर बस्नेतले बताएका छन् । उनका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले अहिले पनि उद्धार कार्य जारी रहेको बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत