झापामा हेर्नै पर्ने विकास र ओलीलाई रोज्नै पर्ने कारण

दमक,३ माघ । फागुन २१ संघीय निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिदै गर्दा झापा–५ ले धेरैको ध्यान खिचेको छ । ओलीका लागि २ हजार चौसठी को पहिलो संविधानसभा चुनाव बाहेक २ हजार अडचालीस देखि अविछिन्न विजय हासिल गर्दै आएको क्षेत्र हो । यतिखेर मुख्य गरी दमकको सहरी क्षेत्रका चोकहरुमा चुनावी परिणाम बारे अनेकन अड्कल बाजी चलिरहेको छ । खासमा भदौ २३–२४ को जेनजीले गरेको उपद्रवबाट ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनु परेको थियो ।मुख्यगरी दमकमा ओलीको नेतृत्व सरकारले गरेका विकासका पूर्वाधार, संरचनाका चर्चाले ध्यान खिचेका छन् । मुख्यगरी दमक नगरपालिका–३ दापगाछीमा निर्मित व्यापारिक केन्द्र (भ्यूटावर) धेरैको ध्यान खिच्ने संरचना बनेको छ ।

जेनजी उपद्रवमा उक्त भवनलाई जलाउने प्रयास गरियो । तर भवनमा अत्याधुनिक स्वचालित अग्नि नियन्त्रक भएका कारण आगो लगाउन जेनजीले सकेनन् । तर १८ तले भवनको झ्यालका सिसा भने सबै फुटाउने काम भए । जेनजीको तोड्फोडका कारण व्यापारिक भवनबाट सञ्चालित विद्युत प्रणालीसमेत अहिले अबरुद्ध बनेका कारण आसपासका घरहरु अन्धकारमय बनेका छन् ।
भवन साउन महिनादेखि सुचारु भएको थियो । १ सय रुपैयाँमा टिकट लिएर दैनिक डेढ सय बढिले भित्रै पसेर अवलोकन गर्थे । शनिबारका दिन ५ सय हाराहारीमा आन्तरिक पर्यटक आउँथे । ‘आन्तरिक पर्यटककको भिड लाग्थ्यो । भवन वरपर व्यापार, व्यावसाय सञ्चालनमा आएका थिए । अहिले सबै बन्द छन्’, भवनको सुरक्षागार्ड शोभा कन्त चौधरीले भन्नुभयो ।

भवन सञ्चालनमा आउन थालेपछि दमक–३ दापगाछीका विजय धिमालको छेउँमा पर्यटकलाई आवश्यक पर्ने मालसमान सहितको पसल थियो । यतिखेर उनी जेनजीले फुटाएका सिसा गनेर दिन काटिरहेका छन् । धिमालले भवनको छेउँमै बसेर भन्नुभयो– ‘यस्ता ठूला टावर बन्नु भनेको विकासको मूल आधार हो । विदेशमा यस्ता ठूला टावर धेरै छन् । कति नेपालीहरु भिसा लगाएर विदेशमा गएर ठूला टावर अगाडि गएर फोटो खिच्छन् । अहिले हाम्रै अगाडि उभिएको टावरमा आगो लगाउनु दुःखको कुरा हो । यो राष्ट्रको सम्पत्ति हो । हाम्रो पनि सम्पत्ति हो ।’

दापगाछी वासीसँग यो टावरको गहिरो सम्बन्ध छ । टावर बन्ने भएपछि स्थानीयले बाटोका लागि समेत आफ्नो जग्गा दान दिए । आफ्नै घरछेउँमा टावर बन्ने भएपछि खुसीले जग्गा दान गरेका शिव प्रसाद गौतमले भन्नुभयो– ‘यो दापगाछी वासीको मात्रै गौरवको विषय होइन । नेपालमा पहिलो पटक यति ठुलो टावर बनेको यो नेपालकै गौरवको विषय हो । हामीले स्वच्छिक रुपमा जग्गा समेत दान दिएर बनेको हो । तर एकाएक आगो लागउन र तोड्फोड गर्नेहरु विकास विरोधी हुन् ।’
भवन साउनबाट सञ्चालनमा आएपछि १५ जना दापगाछी वासीले रोजगार पाएका थिए । यतिखेर उनीहरु बेरोजगारी छन् । विदेशमा रोजगारका लागि २ हजार एकसठी मा श्रीमान मलेसियामा बरालिएको कहानी सुनाउँदै सकुन्तला दुवाडी भन्नुहुन्छ– ‘मेरो श्रीमान २ हजार एकसठी सालमा मलेसियामा गएका हुन । अहिलेसम्म आएका छैनन् । अव यस्ता भवन बनेपछि नेपालमै रोजगारी मिल्ने भयो, मेरा श्रीमान बेपत्ता भए जसरी कसैलाई नपरोस् भनेर म खुसी बनेकी थिएँ । तर एकाएक भवन तोड्फोड गरिदिएपछि निराशा बनेकी छु ।’

झापा–५ मा कति विकास भयो ? भन्ने धेरै मानवहरु छन् । चिल्ला सडक, पुल, विद्यालय, बिजुली, खानेपानी, स्वास्थ्य चौकी, व्यावसायिक भवनहरु अध्यक्ष ओली विजय भएपछिका विकास क्रमका भौतिक संरचनाहरु हुन् । जेनजी उपद्रवपछि चौतर्फी घेराबन्दी, पुराना र नयाँ दल जस्ता भाष्यले दमक एकाएक गर्माएको छ । भर्खरै पार्टीको ११ औं महाधिवेशनबाट नव निर्वाचित अध्यक्ष, पूर्वप्रधानमन्त्री ओली फेरि एक पटक जनताबाट अनुमोदित हुनका लागि आफ्नै क्षेत्रमा आउँदै हुनुहुन्छ । जसका लागि झापा–५ का निरन्तर मतदाता र नयाँ पुस्ताबीचको अन्र्तघुलन सँगै विकासका मानवहरु उहाँका लागि सहज आधारहरु हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका