मनोनयन दर्ता अघि जेनजी आन्दोलनले पारेको क्षति नियाल्दै अध्यक्ष ओली

दमक,६ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा झापामा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न गृह जिल्ला पुग्नुभएका ओलीले आज बिहानैदेखि विभिन्न स्थानको निरीक्षण गरिरहनुभएको छ । अध्यक्ष ओलीले मनोनयन दर्ता गर्नुअघि आन्दोलनका क्रममा क्षति पु¥याइएका संरचनाहरूको वास्तविक अवस्था बुझ्न स्थलगत भ्रमण गर्नुभएको हो । यस क्रममा उहाँले इलाका प्रहरी कार्यालय दमक, नगरपालिका कार्यालय,मेयर राम थापाको घर, चुनाव अभियान चलाएको यस अघिको आफू बसेको घरको समेत अवलोकन गरी त्यहाँ पुगेको क्षतिको जानकारी लिनुभएको छ । ओलीले आजै दमक टावर, लगायतका सार्वजनिक संरचनाहरू र आन्दोलनकारीले निशाना बनाएका निजी निवासहरूको पनि निरीक्षण गर्ने कार्यक्रम छ । आफ्नो निर्वाचन क्षेत्र झापा नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउने तयारीमा छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका