विद्युत् आपूर्ति बन्द

लुक्लामा मैनबत्तीकै भरमा पर्यटक

 

 

 

 

सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा एक सातादेखि विद्युत् आपूर्ति बन्द भएको छ । लुक्ला बजारमा विद्युत् आपूर्ति बन्द हुँदा होटल व्यवसायी तथा पर्यटकको दैनिकी कष्टकर बनेको छ ।

लुक्लामा भर्खरै निर्माण सम्पन्न बोमखोला मिनी हाईड्रोपावर लिमिटेडको पावर हाउसमा एक साता अगाडि चट्याङले क्षति पुर्‍याउँदा लुक्ला बजारमा विद्युत् आपूर्ति बन्द भएको हो ।

विद्युत् नहुँदा पर्यटकको बसाई, मोबाइल फोन चार्जजस्ता कुराहरुमा समस्या भएको स्थानीय होटल संचालक विक्रम तामाङले बताए । ‘बिजुली नहुँदा लुक्ला क्षेत्रमा नियमितरुपमा फोन, मोबाईल र ईन्टरनेट सेवा ठप्प भएको छ भने राति मैनबत्ती बालेर पर्यटकलाई राखिरहेका छौं,’ उनले भने । बिग्रिएको लामो समय हुँदासमेत विद्युत् सञ्चालन गर्ने पहल नभएको गुनासो होटल व्यवसायीहरुको छ ।

१४ करोड १० लाख रुपैयाँको लागतमा बनेको २ सय किलोवाट क्षमताको उक्त जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको कन्ट्रोल सिस्टममा नै चट्याङले क्षति पुर्‍याएको आयोजनाका अध्यक्ष एवं खुम्बु पासाङ ल्हामु गाउँपालिका २ का वडाध्यक्ष आङफुर्वा शेर्पाले बताए । विद्युत् बन्द हुँदा नम्बर २ का ४ सय ५० घरधुरी उज्यालोबाट बन्चित भएका छन् । दैनिक २ सय को हाराहारीमा लुक्ला भित्रिने विदेशी पर्यटक यसको प्रत्यक्ष मारमा परेका छन् । ‘विद्युत् सञ्चालनका लागि विदेशबाट सामान झिकाउने काम भइरहेको छ, अबको ४ दिनभित्र बिजुली बल्छ,’ अध्यक्ष शेर्पाले भने ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो