थप अनुसन्धान जारी

हिनामीना गरेको आरेपमा सहकारीका स्टोरकिपर पक्राउ

 

 

 

 

विराटनगर  मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको नमुना सहकारी संस्था लि.को झण्डै दुई करोड रुपैयाँ घोटाला प्रकरणमा सहकारीका स्टोरकिपर पनि पक्राउ परेका छन् । प्रहरीले धनपालथान गाउँपालिका–६ घर भएका  ५४ वर्षीय सहकारीमा स्टोरकिपरको रूपमा कार्यरत सोभितनारायण राजवंशीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राजवंशीको नाममा पनि सहकारीको ०७७÷७८ को लेखा परीक्षण प्रतिवेदनमा १ लाख २४ हजार रुपैयाँ बेरुजु देखाएको छ । त्यही भएर उनलाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले सहकारीको २ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सहकारीका प्रबन्धकसहित तीनजना कर्मचारी पक्राउ परिसकेका छन् । पक्राउ परेका सहकारीका कर्मचारीको बयानको आधारमा प्रबन्धक सलिम र स्टोरकिपर राजवंशीको पनि संलग्न रहेको खुलेपछि उनलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सलिमसहित चार जनालाई इप्रका रङ्गेलीले ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार पक्राउ परेका सहकारीका लेखापाल सविलाल राजवंशीले १ करोड, सह–लेखापाल राजकुमार राजवंशीले ६० लाख र प्रबन्धक सलिमले ३० लाख रुपैयाँ रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

सहकारी सञ्चालक समितिका उपाध्यक्ष सर्वेलाल राजवंशीले लेखा परीक्षण प्रतिवेदनले सरकारी ठूलो रकम भ्रष्टाचार भएको देखाएको बताए । लेखापरीक्षण प्रतिवेदनले अनियमितता पुष्टि गरेपछि सहकारीका तर्फबाट पनि छानबिन समिति बनाइएको थियो । धनपालथान–४ का वडाध्यक्ष रोशन राजवंशीको नेतृत्वको समितिले पनि हिनामिनामा संलग्न भएको राजवंशीको दाबी छ ।

लेखा परीक्षण प्रतिवेदन र छानबिनबाट अनियमितता भएको फेला परेपछि प्रहरीमा जाहेरी दिएको उनको भनाइ छ ।  सहकारीको झण्डै दुई करोड रुपैयाँ सहकारीका प्रबन्धकसहित कर्मचारीहरुले २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा विभिन्न शीर्षकहरूमा सहकारीको रकम हिनामिना गरेको लेखापरीक्षण प्रतिवेदनबाट देखिएको छ ।

सहकारी २०३५ सालदेखि सञ्चालित छ भने त्यसमा ५ सय १० शेयर सदस्य आबद्ध छन् । सहकारीका अध्यक्ष गुलावचन मण्डल धनपालथान–३ का वडाध्यक्ष पनि हुन् । लेखापरीक्षण प्रतिवेदनबाट सहकारीको कर्मचारीको मिलेमतोमा ठूलो रकम हिनामिना भएको देखिएपछि प्रहरीमा किटानी जाहेरी दिएर पक्राउ गरी अहिले अनुसन्धान भइरहेको अध्यक्ष मण्डलले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु