मोरङ पाथीभरा इङ्ग्लिस स्कुलका विद्यार्थी अन्तर्राष्ट्रिय कोडेभर ७.० प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने

मोरङ, १ फल्गुन । मोरङ पाथीभरा इङ्ग्लिस स्कुलका विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरको International Codaevour 7.0  Compteition मा नेपालका तर्फबाट सहभागी हुन छनोट भएका छन्। उक्त प्रतियोगिता इन्डोनेशियामा आयोजना हुँदैछ । नेपालका विभिन्न स्थानमा चरणबद्ध रूपमा सम्पन्न प्रतिस्पर्धामा देशभरका ५०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए।

तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै मोरङ पाथीभरा इङ्ग्लिस स्कुलका टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सफल भएका हुन । यसैगरी, Codeavour 7.0 – नेपालको सबैभन्दा ठूलो राष्ट्रिय रोबोटिक्स, एआई तथा कोडिङ प्रतियोगिता मा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले “Appreciation Award” (प्रशंसा पुरस्कार) समेत हासिल गरेको छ । त्यसका साथै, रोबोटिक्स अन्तर्गतको Robo Soccer प्रतियोगितामा विद्यालयको टोली सेमिफाइनलसम्म पुगेर चौथो स्थान हासिल गर्न सफल भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका अनुसार यो सफलता विद्यार्थीहरूको निरन्तर मेहनत, सिर्जनात्मक सोच र प्रविधिप्रतिको रुचिको परिणाम हो। यस उपलब्धिमा प्रशिक्षकहरूको समर्पित मार्गदर्शन र सहयोगी संस्थाको भूमिकासमेत महत्वपूर्ण रहेको बताइएको छ । विद्यालयले यस अवसरमा आफ्ना मार्गदर्शक संस्था Utthan Lab Robotics प्रति विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता ज्ञापन गरिएको छ । यस उपलब्धिले नेपाली विद्यार्थीहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम रहेको पुष्टि गरेको विद्यालयको भनाइ छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ