पथरी शनिश्चरे सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

रेडस्टार २८ पदकसाथ पहिलो र बुद्ध दोस्रो

पथरी शनिश्चरे, २ फागुन / मोरङको पथरी शनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’ भव्यतापूर्वक सम्पन्न भएको छ ।

 

पञ्चायत माविमा सञ्चालित प्रतियोगितामा वडा नम्बर २ को रेडस्टार बोर्डिङ स्कुल भारी पदकको साथ प्रथम भएको छ । जो संस्थागत विद्यालयतर्फ पहिलो पटक प्रथम बन्न पुगेको छ । रेडस्टार बोर्डिङ स्कुलले १९ वटा स्वर्ण, ५ वटा रजत र ४ वटा काँस्यसहित २८ पदकको साथ प्रथम भएको हो ।
८ स्थित बुद्ध मावि ७ स्वर्ण, ७ रजत र ६ काँस्य पदक जितेर दोस्रो भएको छ । बुद्ध मावि गत वर्ष प्रथम भएको थियो ।

 

जनता मावि ६ वडा स्वर्ण, ५ रजत र १ काँस्यसहित १२ पदक जितेर तेस्रो भएको छ । पञ्चायत माविले ६ स्वर्ण, ६ रजत र ३ काँस्य पदक जितेको छ ।

 

त्यसैगरी, भागिरथ माविले ५ स्वर्ण, २ रजत, ५ काँस्य पदकसहित १२ वटा पदक जितेको छ । अरुणोदय बोर्डिङ स्कुलले ४ स्वर्ण, २ रजत, १ काँस्यसहित ७, भूपू सैनिक बोर्डिङ स्कुलले २ स्वर्ण, १ कास्य पदकसहित ३, वाल्मीकि, बाल नमुना, मोरङ मेरिगोल्ड, बोर्डिङ स्कुल, वालकल्याण, चन्द्रकिरातेश्वर र सिंहवाहिनी माविले एक एक स्वर्ण पदक जितेका छन् ।

 

सुनाखरी, सुगाहाट, प्याराडाइज, एभरेष्ट बोर्डिङ, दुर्गा मावि, अन्नपूर्ण, अमरसिंह माविले केहीले रजत र केहीले काँस्य पदक जितेको छ ।
भलिबल र कपर्दी (छात्र, छात्रा) विभिन्न दुरीको दौड, कराते, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटफुट लगायत खेलमा ५४ वटा गोल्ड मेडलको लागि प्रतियोगिता भएको थियो ।

 

माघ २७ देखि २९ गतेसम्म भएको खेलकुद प्रतियोगितामा पदक र पुरस्कार विजेता विद्यालय र खेलाडीलाई पथरी शनिश्चरे नगर प्रमु्‌ख मोहनप्रसाद तुम्वापो, १ नं. वडा अध्यक्ष भीमकुमार राई, आयोजक समिति सदस्यसमेत रहेका पञ्चायत माविका प्रधानाध्यक्षक अर्जुनकुमार बुढाथोकी लगायतबाट शिल्ड, ट्रफी, प्रमाणपत्र र मेडलहरु वितरण भएको थियो ।

 

भलिबलमा एभरेष्ट दोस्रो
भलिबल प्रतियोगिता महिला र पुरुष दुवैमा पथरीशनिश्चरे—१ स्थित एभरेष्ट बोर्डिङ स्कुल दोस्रोहुँदै रजत मेडलमा चित्त बुझाउनु परेको छ । दुवै खेलमा रेडस्टार बोर्डिङ स्कुलले स्वर्ण पदक जितेर जिल्ला स्तरीय खेलमा सहभागी हुने भएको छ ।

 

यो पटक जिल्ला स्तरीय प्रतियोगिता समेत जित्नेगरी तयारी गर्ने रेडस्टार बोर्डिङ स्कुलका प्रिन्सिपल टीएन तिम्सिनाले बताउनु भयो । नगरमा प्रथम भएका खेलाडीहरुले जिल्लामा पथरीशनिश्चरे नगरको जर्सी लगाएर जिल्ला स्तरीय प्रतियोगितामा सहभागीहुने छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ