यूवा सघंकोे सकृयता

समाजमा घुलिन हुन यूवा सघं दमकको वडा वडामा निशुल्क स्वास्थ्य शिविर

दमक/
राष्ट्रिय यूवा सघं दमक नगर कमिटी पछिल्लो समय निरन्तर विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरिरेको छ । दमकका बिभिन्न वडामा दन्त शिविर गर्दै यूवाहरुको सकृयता समाज सुधारमा पनि देखाउन खोजीरहेको छ ।

यहि क्रममा गत फागुन २४ गते दमक नगरपालिका वडा नं २ मा निशुल्क दन्त शिविर गर्यो । सघंको २ नम्वर वडा कमिटीले व्यवस्थापन गरेको शिविरमा ६० जनाले दन्त परिक्षण गराएका थीए ।

त्यसपछि दमक नगरपालिका वडा नं ५ र ६ को संयूक्त रुपमा दन्त शिविर सम्पन्न भयो । बिहिबार दिपिनी आधारभूत विद्यालयमा सम्पन्न शिविरबाट ३ सय १५ जनाले दन्त परिक्षण गराएका थिए भने सुक्रबार दमकको उत्तरी क्षेत्र वडा नं ३ मा सम्पन्न भयो । ढुकुरपानी माविमा सम्पन्न शिविरमा २ सय १५ जनाले सेवा लिएका थिए ।

न्याय प्रेमी यूवाहरु राष्ट्रिय यूवा सघंमा , सामाजिक परिवर्तन यूवाको काँधमा भन्ने मुल नारा सहित सघंले दमकका १० वटै वडामा यस प्रकारको शिविर सम्पन्न गर्ने लक्ष्य राखेको शिविर संयोजक कमल गैरेले जानकारी दिनुभयो । यसले यूवा र समाजलाई सकरात्मक तरिकाले जोडन् मद्यत पुग्ने विस्वास गरिएको सघंका दमक नगर कमिटी अध्यक्ष वेञ्जन शेर्पाको विस्वास छ ।

विभिन्न ठाउँमा भएका शिविरमा दमक नगरपालिकाका जनप्रतिनिधीका साथै नेकपा एमालेका जिल्ला तथा केन्द्र स्तर सम्मका नेताहरुको उपस्थित हुने गरेको छ ।

ओम शान्ती डेण्टलको प्राविधिक सहयोगमा शिविर सञ्चालन भइरहेको छ । दन्त रोग विषेशज्ञ डा. सिपि गैरे, संगीता राई तथा निकी बर्माको टोलीले शिविरमा सेवा पुर्याइरहेका छन् । शिविरमा परिक्षण गर्न आउनेलाई आवश्यक पर्ने औषधि निशुल्क रुपमा प्रदान गरिएको छ भने जटिल समस्या भएमा अस्पतालमा नै बोलाएर विषेश सहुलियतमा उपचारको व्यवस्था पनि मिलाइएको शिविर संयोजक गैरेले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितको सहयोगमा सन्धिखर्कका १६८ कर्मचारी, एक हप्ताको तलब दिने

अर्घाखाँची , १० भदौ। सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् ।भोटेकोशी(त्रिशूली नदीमा आएको अप्रत्याशित

बाढी प्रभावितका लागि एनसेलको राहत स् तीन दिन निःशुल्क भ्वाइस र डेटा

काठमाडौं ,भदौ १० । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क

रसुवा बाढीपछि कांग्रेस सक्रिय, विपद् व्यवस्थापन समन्वय समिति गठन

काठमाडौं , भदौ १० । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्राथमिकतामा राख्न सरकार र पार्टी

रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना

होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको