बुद्धिचालमा एभरेष्ट र किर्तिपुर एकेडमी उत्कृष्ट

पथरी शनिश्चरे, १० फागुन / नेपाल बुद्धिचाल संघ पथरी शनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोगिताको ‘ए’ डिभिजनतर्फ एभरेष्ट बोर्डिङ स्कुल र ‘बी’ डिभिजनमा किर्तिपुर एकेडेमी प्रथम भएको छ ।

गोल्ड मेडल विजेता एभरेष्टको तर्फबाट सिद्धान्त कन्दङ्वा, सेम्रिल राई, रिदम राई र संस्कार शिवाकोटी खेल्नु भएको थियो ।
ए डिभिजन प्रतियोगितामा मोरङ मेरिगोल्ड दोस्रो र किर्तिपुर एकेडेमी तेस्रो भएका छन् । उपविजेता मोरङ मेरिगोल्डको तर्फबाट सिर्जन श्रेष्ठ, कृष्टि राई, सुप्रल याक्खा र मनिल गुरुङ प्रतिष्पर्धामा रहनु भएको थियो ।

 

एभरेष्ट र मोरङ मेरिगोल्ड साविक विजेता र उपविजेता विद्यालय हो । ए डिभिजनबाट खेलेका खेलाडी सिद्धान्त कन्दङ्बा सर्वउत्कृष्ट खेलाडी घोषित बन्नुभयो ।

 

छात्रातर्फ मोरङ मेरिगोल्डकी कृष्टि राई र ८ कक्षा मुनिका खेलाडीमा वाल्मीकि बोर्डिङ स्कुलका प्रज्वल तामाङ पुरस्कृत बन्नुभयो । बी डिभिजन बिजेता किर्तिपुर एकेडेमीको तर्फबाट दिप्सन अधिकारी, रेबिका लिम्बू र चाल्स सारुमगर खेलमा प्रतिष्पर्धी हुनुहुन्थ्यो ।

 

बी डिभिजनमा पञ्चायत मावि दोस्रो र एभरेष्ट बोर्डिङ स्कुल तेस्रो भयो । बी डिभिजनमा बाल जागरण बोर्डिङ स्कुलका एन्जल थापा उत्कृष्ट खेलाडी, छात्रातर्फ किर्तिपुर एकेडेमीका रेबिका लिम्बू, कक्षा ८ मुनीका चाल्स सारुमगर पुरस्कृत बन्नुभयो । प्रतियोगितामा सर्वउत्कृष्ट कोच एभरेष्ट बोर्डिङ स्कुलका कोच लोकसागर साम्बा घोषित हुनुभयो ।

 

ए डिभिजन विजेता स्कुललाई ५, ३ र २ हजार, बी डिभिजन विजेता विद्यालयलाई ३, २ र १ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट प्रदान गरिएको थियो ।

 

खेलाडी उ्रत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रोहित सुब्बाले बताउनु भयो । यो बर्ष १६ वटा विद्यालयबाट लिग १ (ए डिभिजन) र लिग २ (बी डिभिजन) मा ७० बढी विद्यार्थी सहभागी भएको संघले जनाएको छ । प्रतियोगिता स्वीस लिग राउण्ड रोबिङको आधारमा फागुन ६ देखि ८ गतेसम्म ९ राउण्ड खेलाइएको आरबीटर (निर्णायक) डम्बर बाछाना राईले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ