यस कारण म रा.स्व.पा.लाई भोट गर्न सक्दिन  

रवि जेलबाट भागेपछि ‘गो ब्याक रवि ‘ भन्ने ट्रेण्ड नै चलेको थियो । अहिले आन्दोलनका शहिदहरुको लासमाथि राजनीति गर्न लाज लाग्दैन ?
झापा,१८ फागुन।रवि लामिछाने दोषि भएरै हो या उनलाई प्रतिसोध साँधेर हो , जेलमा लामो समय राखियो ।
यसकारण उनी प्रमुख दलबाट रिसाए र कुनैपनि हालतमा बदला लिन चाहन्छन् । उनलाई उम्मेद्वारको क्षमता, अध्ययन, योग्यता केहिसँग पनि सरोकार छैन । मिडियामा छाएका , ठीकठाक छवि भएका जो कसैलाई पनि समेटेर चुनाव जित्ने र अझ भनौँ निर्वाचनको मैदानबाट पुराना दललाई सखाप पारौँ भन्ने छ ।
राष्ट्र चलाउने कुरा सोच्दै गरौँला , परेपछि गरीन्छ , अहिले जसरी हुन्छ एउटा ह्वीप ल्याउने तीर मात्रै ध्यान छ । पत्रकार फेस गर्दा , साझा सवाल गर्दा नीतिका कुराहरु, रोडम्यापका कुराहरु, अझ विगतमा गरेका कामका कुराहरुको प्रश्न आउने र चित्त बुझ्दो उत्तर नभएकै कारण भइरहेको माहोल बिग्रने डरले रास्वपा प्रश्नबाट भागी रहेको छ ।
जेनजी आन्दोलन रास्वपाको उदयको लागि कद्दापी भएको थिएन । रवि जेलबाट भागेपछि ‘गो ब्याक रवि ‘ भन्ने ट्रेण्ड नै चलेको थियो । अहिले आन्दोलनका शहिदहरुको लासमाथि राजनीति गर्न लाज लाग्दैन ? रास्वपाले नितान्त बदलाको राजनीति गरीरहेको कारणले गर्दा म रा.स्व.पा.मा भोट गर्न सक्दिन ।
– निर्वाचनको समयमा समेत जनताको प्रश्नबाट भाग्ने उम्मेद्वारले भोलिको दिनमा तपाईँ हाम्रो समस्या सुन्छ भन्ने के ग्यारेन्टी ?
– हिजोको दिनमा आफ्नै पार्टीको सभापति लामिछानेलाई ‘नयाँ पुराना सबै चोर हुन्‘ भन्ने व्यक्तिलाई भोट बैँक कै रुपमा प्रधानमन्त्रीको उम्मेद्वार बनाउने पार्टीले भोलिको दिनमा अर्को स्वार्थको लागि राष्ट्रघाति कदम नचाल्ला भन्ने के ग्यारेन्टी ?
– मध्यरातमा छिमेकी राष्ट्रलाई , देशका प्रमुख पार्टीहरुलाई अपशब्द लेख्ने व्यक्तिले भोलि छिमेकीसँगको कुटनीति नबिगार्लान् भन्ने के ग्यारेन्टी ?
– आन्दोलन पश्चात राजनीतिमा आउने सोच बनाएका बालेन्द्र के ६ महिना मै देशको प्रधानमन्त्री बन्न योग्य छन् ? रास्वपामा उनी भन्दा योग्य , राजनीति बुझेको , देशलाई मज्जाले चिनेको अन्य व्यक्ति छैनन् ? केवल लोकप्रियता कै लागि कसैलाई प्रधानमन्त्री स्वीकार्दा भोलि उनले देशलाई खाडलमा हाल्दैनन् भन्ने के ग्यारेन्टी ?
– भदौ २३ को आन्दोलनमा मेरो पृर्ण समर्थन छ भन्दै स्ट्याटस लेखेका उनी , आन्दोलन पछि राष्ट्रिय संकट हुँदा हराए , फोन उठाएनन् । भोलिको दिनमा पनि कुनै राष्ट्रिय संकट हुँदा उनी हराउँदैनन् भन्ने के ग्यारेन्टी ?
– आन्दोलनमा समर्थन जनाएको स्ट्याटस लेखेपछि शहिदहरुको मलामी जान के ले रोक्यो बालेन्द्रलाई ? अस्पतालमा गएर घाइतेलाई सन्चो विसन्चो सोध्न केले रोक्यो बालेन्द्रलाई ? जसले सहिदलाई बाल दियो , जसले घाइतेलाई वेवास्ता गर्यो , उसैलाई आन्दोलन पछि उदाएको शक्ति भनेर जिताउनुपर्ने ?
– मेयर हुँदा उनलाई भेट्न नपाएकै कारण समस्या समाधान नभएर काठमान्डौँका दुई विद्यालयले टोखा नगरपालिकामा भवन सारे ।
बालेन्द्रसँग भेटै नभएका कारण ललितपुरले शिवपुरीबाट गोदावारीसम्मको साइकल लेनको काम अगाडी बढाउन सकेन । अहिले सुनिता दङ्गाल आएपछि सो कामको गुरु योजना अघि सरेको छ ।
मिडियाले फुलाएको व्यक्तिलाई भोट बैँकको रुपमा जेल जीवनको रिस निकाल्नलाई बदलाको राजनीति गरीरहेको रा.स्व.पा.को ‘बदलाको युद्द ‘ को सिपाही हुनु छैन मलाई । तसर्थ No  Ghanti!!
लेखक:  दिपर्शन ढकाल , जेन जि अभियान्ता 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका