काठमाडौं : विराटनगर महानगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका–९ सिन्धुपाल्चोकका ३८ वर्षीय सन्दीप खड्का, काठमाडौं महानगरपालिका–१५ स्वयम्भुका २३ वर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका–५ रामेछापका ३४ वर्षीय कृष्णबहादुर मगर रहेका छन्।
आइतबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोबाइल गस्ती टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ब्राउन सुगर १ दशमलव ६ ग्राम र नगद १ लाख ५ हजार बरामद गरेको हो।
पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।