दमक, २५फागुन । पूर्वि नेपालमा सुरक्षीत र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको सस्था हो दमकमा रहेको आम्दा अस्पताल ।
यहाँ रहेका भुटानी शरणार्थीको उपचारमा सहजता दिन भन्दै जापान सरकार र नेपाल सरकारको समन्वयमा सञ्चालनमा आएको यो अस्पताल अहिले स्वायत्त भएको छ । अहिले आफ्नै श्रोत साधनले सञ्चालन भइरहेको यो अस्पतालले आम्दा नेपाल, आम्दा जापानसग केहि प्राविधिक सहयोग भने लिइरहेको छ । यही क्रममा आम्दा जापानसगको सहकार्यमा यस अस्पतालले इन्डोस्कोपीको सेवालाई थप आधुनीक बनाउँदै क्लोनोस्कोपीको सेवा समेत विस्तार गरेको छ ।
आम्दा जापानका अध्यक्ष प्रा.डा.ताकुसी सातोले आम्दा सहित यस आसपासको क्षेत्रका अस्पतालका केहि प्रतिनिधी चिकित्सकलाई समेत राखेर इन्डोस्कोपी र क्लोनोस्कोपीको आधुनीकता बारेमा अभिमुखीकरणनै गर्नु भएको थियो ।
आम्दा अस्पतालमा गत फेव्रुअरी २५ देखी २७ सम्म भएको तीन दिनको कार्यक्रममा दमक, विर्तामोड, पथरी तथा उर्लाबारी सहितका इन्डोस्कोपी र क्लोनोस्कोपी सम्बन्धीका चिकित्सक तथा अन्य प्राविधिकहरु सो अभिमुखीकरण कार्यक्रममा सहभागी हुनु भएको थियो ।
अस्पतालमा आएका विरामीहरुको नै इन्डोस्कोपी र क्लोनोस्कोपी गरी प्रत्यक्ष परिक्षण सहित गरीएको अभिमुखीकरण निकै प्रभावकारी भएको र यसले आफुहरुको काममा थप दक्षता बढाएको अभिमुखीकरणमा सहभागी चिकित्सकहरुले अनुभवमा बताउनु भएको थियो ।
आम्दा जापानले निरन्तर प्रविधी र प्राविधिक रुपमा यो अस्पताललाई सहयोग गर्दै आएको छ । अहिले इन्डोस्कोपी र क्लोनोस्कोपीको सेवालाई अझ गुणस्तरीय बनाउन समेत प्रविधिको सहयोग भएको र यलाई अझ गुणस्तरीय बनाउने प्राविधिक प्रशिक्षण समेत भएपछि यस क्षेत्रका सेवाग्राहिहरुलाई यसले सहजता दिने बिस्वास व्यक्त गर्नु हुन्छ आम्दा नेपालका सह –सचिव तथा आम्दा अस्पताल दमकका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डा. नबिन ढकाल ।
उसो त यो कार्यक्रम यहाँ आवश्यक छ भनेर आम्दा अस्पतालको टिम, आम्दा नेपाल समेतले महसुस गर्यो ।सोहि अनुसार सिफारीस भएपछि आम्दा जापानमा पुग्यो र आम्दा जापानले त्यहाँका बिज्ञ समेत रहनु भएका र आम्दा जापानका अध्यक्षनै रहनु भएका प्रा.डा.ताकुसी सातोनै यो कार्यक्रम लिएर आम्दा अस्पताल दमक आइपुग्नु भयो । आम्दा जापनकी प्रोजेक्ट म्यानेर अर्चना पौडेल भन्नु हुन्छ दमक सहित आसपासका मानीसहरुले इन्डोस्कोपी र क्लोनोस्कोपीको सेवा सहज र सरल ढंगबाट लिन सकुन भनेर यो कार्यक्रम यहाँ ल्याइएको हो । यसको सदुपयोग त्यतिबेला देखिने छ जतिबेला यस क्षेत्रका नागरीकले यसको गुणस्तरीय सेवा पाएको अनुभूति गर्ने छन् ।
नेपाली समुदायको आवश्कताको महसुस गरेर यो यहाँ चाहिन्छ नी भन्ने कुराको विस्वास गरी आम्दा जापानको विषेशज्ञको टिम आम्दा दमकमा आउनु आफुहरुकालागी गौरवको कुरा रहेको बताउँदै यस अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. शीखर कट्टेल भन्नु हुन्छ हामी निकै आभारी भएका छौ , आम्दा जापानले जे विस्वास गरेर इन्डोस्कोपी र क्लोनोस्कोपीको सेवालाई गुस्तरीयता बनाउन सहयोग गरेको छ हामी त्यो विस्वास नडगबगाई काम गर्ने छौ । ’ उहाँले आभार सहित प्रतिवद्दता व्यक्त गर्नुभयो ।
कार्यक्रम त दमकको आम्दा अस्पतालमा आयो । तर अव यसको परिणाम कस्तो हुन्छ ? यहाँ आउने बिरामीले पाउने सहज सेवामा निर्भर हुन्छ । त्यसमा आफ्नो बिज्ञता देखाएर काम गर्न आम्दा जापानका अध्यक्ष प्रा. डा. ताकुसी सातोलेले अनुरोध गर्नु भएको छ ।
आम्दा अस्तापल दमकमा सेवा अझ गुणस्तरीय हुँदा दमक मात्रै नभएर अन्य क्षेत्रका नागरीकले समेत सहज स्वास्थ्य सेवा पाउन सक्ने भन्दै यो कार्यक्रम यहाँ ल्याएकोमा दमकका नगर प्रमुख राम कुमार थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाईले समेत आम्दा जापान प्रति कृतज्ञता व्यक्त गर्नु भएको छ ।
अव आम्दा अस्पताल दमकमा इन्डोस्कोपी र क्लोनोस्कोपीको सेवा आधुनिक सहित नयाँ बिस्तारले यस क्षेत्रका नागरीकको ग्यास्ट्रिक वा अल्सर ,पेट दुखाइको कारण, बान्ता, रगत आउने समस्या पेटको ट्युमर वा अन्य रोग लामो समयको कब्जियत वा झाडापखाला, दिसामा रगत आउने समस्या आन्द्राको घाउ, पोलिप वा क्यान्सरको प्रारम्भिक अवस्था तुरुन्तै पत्ता लाग्दै त्यसको सहि निदान निकाल्न सकिने छ ।









