ज्ञापन पत्र

ब्याजदर घटाउन माग गर्दै विराटनगरका व्यापारी नेपाल राष्ट्र बैंक अगाडि धर्नामा

kkkkkkkk

बिराटनगर/ ब्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र बोकेर गएको व्यापारीको टोलीलाई सुरक्षागार्डले रोकेपछि विराटनगरका व्यापारी नेपाल राष्ट्र बैंक अगाडि धर्नामा बसेका छन् । कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने मागसहित आज मोरङ व्यापार संघको टोली राष्ट्र बैंकको प्रदेश नम्बर–१ को प्रादेशिक कार्यालय विराटनगर अगाडि धर्नामा बसेको हो ।

ज्ञापनपत्र बुझाउन जाँदा सुरक्षाकर्मीले रोकेपछि उनीहरू धर्नामा बसेका हुन् । निक्षेप ब्याजदर ६ प्रतिशत र कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने माग गर्दै मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल नेतृत्वको पदाधिकारी टोली राष्ट्र बैंकको कार्यालय पुगेको हो । ज्ञानपपत्र बुझाउन गएको टोली धर्नामा बसेपछि राष्ट्र बैंक विराटनगर कार्यलयका प्रमुख समेत रहनुभएकी निर्देशक मीना पाण्डेले ज्ञापनपत्र बुझनु भएको छ ।

उद्योगीलाई कर्जाको ब्याजदर ‘सिंगल डिजिट’ कायम गर्नुपर्ने प्लेकार्ड प्रदर्शन गर्दै व्यापार संघको टोली राष्ट्र बैंकमा पुगेको हो । प्लेकार्डसहित व्यापार संघको टोली राष्ट्र बैंकमा जाँदा राष्ट्र बैंकले ज्ञापनपत्र बुझ्न अस्वीकार गरे पनि पछि राष्ट्र बैंकका निर्देशक पाण्डेले गेटमा आएर ज्ञापनपत्र बुझनु भएको हो ।

व्यापार संघको टोलीले गभर्नरविरुद्ध नाराबाजी गर्दै गएकोले संवेदनशील क्षेत्रमा प्रदर्शन गर्न नहुने भन्दै ज्ञापनपत्र बुझन् अस्वीकार गर्नुभएको थियो । व्यापारीले धर्नामा बसेर नाराबाजी गरेपछि निर्देशक पाण्डेले गेटमै आएर ज्ञापनपत्र बुझ्नु भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।