अन्तरमनका रमाइला, सृजनामा शक्तिशाली

‘तथास्तु :अवशेष’मा प्रभावकारी टंक आचार्य

४० वर्षदेखिका लेखहरुको ३७६ पृष्ठको संग्रह

पथरी, १५ चैत / नेपथ्यमै बस्न रुचाउने तर प्रभावकारी लेखनका सर्जक टंक आचार्य आफ्‌नो ४० वर्षे लेखनयात्राको पछिल्लो समय ‘तथास्तु :अवशेष’ कृति मार्फत प्रस्तुत हुनु भएको छ ।

 

सो लेख संग्रहको ऐतिहासिक पत्रिका ‘रचना’का सम्पादक पुराना साहित्यकार रोचक घिमिरेले दमकमा एक कार्यक्रमकाबीच लोकार्पण गर्नुभयो । प्रतिभा निकेतन र साहित्य कला संगमको संयुक्त आयोजनामा विद्याशिल्प एकेडेमी दमक १ मा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण पछि बोल्दै प्रमुख अतिथि घिमिरेले सर्जक आचार्य परिवारसँगको पुरानो सम्बन्ध रहेको प्रसंग ल्याउनु भयो । टंकसँग त्यति चिनजान नभएपनि टंकका बुबा कमल जंगली र दाजू जीवन आचार्यको प्रभावकारिता चर्चा भयो ।

 

अमेरिका बस्दै आउनु भएका आचार्य दमक आएको बेला हुटहुटी लगाउँदै १ सय ४५ वटा लेख समावेश ३ सय ७६ पृष्ठको सो कृति प्रकाशनको तारतम्य मिलाउने काम गर्नुभयो अगुवा सर्जक प्रा.डा.गोविन्दराज भट्टराईले । सर्जकलाई प्रोत्साहन गर्दै आउनु हुने भट्टराईले लोकार्पण कार्यक्रमको संयोजन गर्दै लामो समयदेखि पत्रिकाहरुमा प्रकाशित लेखहरु एकै ठाउँमा संग्रहित गराउनु महत्वपूर्ण काम भएको चर्चा गर्नुभयो । ‘छरिएका फुटकर सृजनाले मात्र सर्जक त्यति नठहरिने परिवेशमा ४० वर्षदेखिको लेखहरुको कृतिका रुपमा पुस्तक आउनु महत्वपूर्ण कुरा हो । पुस्तक सम्पादनका केही कमजोरी भएपनि गहन पुस्तक आएको छ ।’– उहाँले भन्नु भयो ।

 

टंक आचार्यको कृतित्व र व्यक्तित्वमाथि बोल्दै दमकका पुराना साहित्यकार प्रकाश बुढाथोकीले लामो समयदेखिको लेखनमा सक्रियताले प्रभावकारी पुस्तकको जन्म भएको दृष्तान्त प्रस्तुत गर्नुभयो । उहाँले त्यो बेला विभिन्न शिर्षकमा स्तम्भ लेखन अघि बढेको सन्दर्भ समेत जोड्नु भयो ।

 

कृतिमाथि समीक्षात्मक टिप्पणी व्यक्त गर्दै लेखक व्यञ्जना शर्माले नेपाली साहित्यमा आचार्यले गहकिलो पुस्तक प्रकाशन गर्नुभएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल शर्मा र साहित्य कला संगमका अध्यक्ष बिन्दु दहाल मूकदर्शकले आयोजकको संस्थागत भूमिका निर्वाह गर्नु भएको थियो ।

 

वक्ताहरुले आचार्यको पुस्तक गहन र ऐतिहासिक रहेको भएपनि कुन कुन पत्रिकामा कुन कुन मितिमा लेखहरु प्रकाशन भएका हुन् भन्ने विषय छुट्न गएको टिप्पणी गरेका थिए । शिर्षकमा समेत समस्या देखिएको छ । आचार्यले दमककै पूर्व सन्देश दैनिकमा ‘तथास्तु’ र झापा पोष्ट दैनिकमा ‘अवशेष’ स्तम्भ लेख्नु भएको थियो । समसामयिकतालाई पौराणिक घटना र पात्रसँग जोडेर लेख्न रुचाउने उहाँका तिनै पत्रिकामा प्रकाशित लेखहरुलाई उहाँले पुस्तकको आकार दिनु भएको हो । आन्तरिक रुपमा निकै रमाइला आचार्य अमेरिका फर्किने समय भइसकेका कारण सो पुस्तक लोकार्पण कार्यक्रममा भनें उपस्थित रहन सक्नु भएन । तर उज्यालो खबरसँगको सम्पर्कमा आचार्यले हतारोमा पुस्तक प्रकाशन गरिएकाले शिर्षक, प्रकाशित लेखको पत्रिकाको नाम र मितिमा समस्या भएको उल्लेख गर्नुभयो । पुस्तक सेर्गेम प्रकाशन दमककोतर्फबाट इन्दिरा आचार्यको प्रकाशनका प्रकाशित भयो ।

 

उहाँको २०६१ सालमा पहिलो कृति कविता संग्रह ‘फेरि एउटा अर्को कुरुक्षेत्र’ प्रकाशित भएको थियो । कविता लेखनमा समेत उहाँको कलम सशक्त छ । उहाँसँग पत्रकारिताको केही अनुभव समेत छ । आफ्‌नै सहोदर दाजू प्रभावकारी सृजनाका सर्जक जीवन आचार्यको स्मृतिमा गठित जीवन स्मृति प्रतिष्ठानका अभियन्ता, मुक्त अभियानका संयोजकसहितका विभिन्न साहित्यिक र सामाजिक संघ संस्थामा आवद्ध भएर क्रियाशील बन्नु भएको थियो । उहाँ विगत ३ वर्षयता अमेरिकामा बसोबास गर्दै उतैका सृजनशील गतिविधिमा समेत सक्रिय बन्दै आउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक

निर्वाचन प्रणाली जटिल हुँदा बदर मत बढेको छ स् प्रमुख निर्वाचन आयुक्त कार्की

काठमाडौं ,२७ असोज। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालको निर्वाचन प्रणाली जटिल हुँदा बदर मतको संख्या बढेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

बाढीपीडितका लागि ५८ लाखभन्दा बढी राहत हस्तान्तरण

काठमाडौं ,२७ असोज। थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुग्नु भएको छ । उहाँहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा

कर्णालीका अस्पताहरुमा विशेषज्ञ चिकित्सकको अभाव,गरिब जनता उपचारका लागि भने महँगो खर्च सांसद खड्को प्रश्न?

काठमान्डौ,२७ असोज ।कांग्रेस सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कर्णाली प्रदेशका अस्पतालहरूमा मुटुरोग, पिसाब