दमक क्याम्पसमा भएको खेलकुद सप्ताहबाट विद्यार्थी के सिकि रहेका छन् ?

दमक, १७ चैत्र । विद्यार्थीहरुको खेलकुदमा रुचि हुन्छ । त्यो पनि एउटै मात्रै हैन । फरक फरक विधामा । हरेकको रुचिलाई फरक फरक हुने गरेपनि ती फरक फरकबाट अधिकमत रुचि के केमा हो ? कुन विधाका विद्यार्थी बढि भए त्यहि अनुसारको खेलहरु खेलाउने गरी दमक बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु भएको छ ।

विद्यार्थीलाई पढाइसगै उनीहरुको अन्तर प्रतिभा मध्ये खेलपनि एक महत्वपूर्ण क्षेत्र हो । त्यसैले विद्यार्थीलाई प्रतिस्पर्धात्मक रुपमै अघी सारेर अहिले खेलकुद सप्ताह गरीएको क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनका सदस्य तथा खेलकुद सप्ताहको खेल संयोजक सञ्ज्य राईले बताउनु भयो ।

विद्यार्थीलाई पठन–पाठनमा मात्रै सिमित राख्दा उनीहरुमा नयाँ उर्जा थपीन मुस्किल हुन्छ । यस खाले खेलकुद प्रतियोगीताले उनीहरुको अन्रप्रतिभा प्रस्फूटन त हुन्छ नै त्यसबाहेक शारिरिक र मानसीक रुपमा समेत स्फूर्ति दिलाउने भएकोले हरेक वर्ष स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा यहाँ खेलकुद सप्ताह हुने गरेका स्ववियू पदाधिकारीहरुको भनाई छ ।

आयोजना विद्यार्थीको, तर संयोजन क्याम्पस प्रशषनको । अर्थात विद्यार्थीको रुचि , चाहना र आवश्यकतालाई क्याम्पसले महसुस गरेर खेलकुद सप्ताह सम्पन्न गर्न सँधै सहकार्य गर्ने गरेको र सहयोग समेत गर्ने गरेको छ । यसबाट विद्यार्थीहरुमा स्फूर्ति सृजना हुने र यसपछि पढाईमा समेत ध्यान केन्द्रित हुन सक्ने विस्वास क्याम्पस प्रशासनको छ ।

यो क्याम्पसले विद्यार्थीलाई खेलमा मात्रै हैन, खोज र अनुसन्धानमा पनि लगाउने गरेको छ । नयाँ नयाँ अन्वेशण गरी विद्यार्थीले सामाजीक समस्या र अवस्थाको समेत उजागर गर्न सक्ने पनि बनेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ