थप अनुसन्धान जारी

पासपोर्ट बनाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ

1647423586_Pakrau-kirte

 

 

 

 

काठमाडौं– प्रहरीले सरकारी छाप कीर्ते गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा कीर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाई ठगी गरिरहेको भन्ने सूचनापछि पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट विशेष प्रहरी टोली परिचालित भई संलग्नहरूको पहिचान तथा खोजतलास गर्ने क्रममा नियन्त्रणमा केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–१ घर भई हाल गोंगबु मिलन टोल बस्ने २९ वर्षीय अमृत थापा, माडी–४ घर भई मिलन टोल बस्ने २४ वर्षीय प्रज्वल खड्का, बागलुङको बागलुङ नगरपालिका–८ का घर भई सामाखुशी बस्ने ३० वर्षीय रञ्जित कार्की, म्याग्दीको बेनी नगरपालिका–५ घर भई मनमैजु बस्ने ३३ वर्षीय रामजी परियार रहेका छन्।

 

यस्तै, ललितपुरको महांकाल गाउँपालिका–३ घर भई हाल गोंगबु बस्ने ३६ वर्षीया गोमा बजगाईं, पाल्पाको पूर्वखोला गाउँपालिका–५ घर भई गोंगबु बस्ने ३३ वर्षीय जीवनकुमार श्रेष्ठ, रामेछापको गागल गाउँपालिका–८ घर भई गौशाला बस्ने ३७ वर्षीय मिठे मगर रहेका छन्।

 

त्यसैगरी, ललितपुरको महांकाल गाउँपालिका–२ घर भई हाल मानिखेल बस्ने रमेश बजगाईं,
काभ्रेपलाञ्चोकको कटुन्जेवेशी गाउँपालिका–५ घर भई हाल माछापोखरी बस्ने २५ वर्षीय सन्दिप मैनाली, सिन्धुलीको दुधौली नगरपालिका–६ घर भई धुम्बाराही बस्ने २१ वर्षीय अभिषेक मगर, दैलेख काठबीस नगरपालिका–३ घर भई सिनामंगल बस्ने २२ वर्षीय निरञ्जन तिवारी र धादिङको थाक्रे  गाउँपालिका–४ घर भई कलंकी बस्ने २४ वर्षीय मदन तामाङ पनि पक्राउ परेका छन्।

उनीहरूको साथबाट १४ वटा मोबाइल, सरकारी एवं निजी छाप १० वटा, कन्सुलर विभागको छाप एउटा,  राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको छाप एक/एक वटा बरामद भएको छ।

यस्तै, पुलिस क्लियरेन्स सर्टिफिकेट ३ थान, कोरोना खोप प्रमाणपत्र एक थान, ईपासपोर्ट फारम ५ थान, देवल माध्यमिक विद्यालय, डडेलधुराको छाप एक थानसहित अन्य विभिन् छाप बरामद भएको प्रहरीले जनाएको छ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत