चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने

बिर्तामोड, बैशाख ४ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उद्घाटन कार्यक्रममा गायिक रचना रिमालले प्रस्तुति दिने हुनु भएको छ । उहाँले खेलमैदानमै सांगीतिक प्रस्तुति दिने बताइएको छ । चन्द्रगढी घर हुनु भएकी अहिलेकी लोकप्रिय गायिका रिमालले महिला फुटबललाई प्रोत्सहान गर्न प्रस्तुति दिन लागेको गोल्डकप आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताउनु भयो ।

 

प्रतियोगिता सुरु हुनुअघि गायिका रिमालले आधा दर्जन गीत गाउने क्लबले जनाएको छ । उनले उद्घाटनमा रंगशालासम्म आउन र बबाल गर्न दर्शकलाई आह्वान पनि गर्नु भएको छ । भोलि बैशाख ५ गतेदेखि हुने प्रतियोगिताको खेलतालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्दैछ । त्यस्तै, बैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने सचिवालय प्रमुख हिमाल खरेलले बताउनु भयो ।

 

बैशाख ७ गते नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । बैशाख ८ गते एपिएफ फुटबल क्लबले ओखलढुंगाको पदमा स्पोर्टस् क्लबविरुद्ध खेल्नेछ । खेलतालिकाअनुसार बैशाख ९ गते पुलिस र आयोजकबीचको विजेतासँग भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीले सामना गर्नेछ । बैशाख १० गते एपिएफ र पदमाबीचको विजेताविरुद्ध संकटा फुटबल क्लबले खेल्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बैशाख १२ गते र दोस्रो सेमिफाइनल खेल बैशाख १३ गते हुनेछ । फाइनल खेल बैशाख १४ गते हुनेछ । प्रतियोगिता भद्रपुरको मेची रंगशालामा हुनेछ ।

 

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २५ हजार रुपैयाँ पाउनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा भोटेकोशी बाढीको कहर : ६१६ जनाको शव फेला, २३ सयभन्दा बढीको उद्धार

काठमाडौं , भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।नेपाल प्रहरीले शनिबार बिहान ७ बजे

बाढीपीडितको सहयोगमा त्रिभुवन विश्वविद्यालय, पदाधिकारी र कर्मचारीले उद्धार कोषमा रकम दिने

काठमाडौं , भदौ १३ । त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा