झलनाथको निर्वाचन क्षेत्रमा आज ओलीले शक्ति प्रदर्शन गर्न

प्रधानमन्त्री केपी शर्मा ओली

 

इलाम : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज  इलामको सूर्योदय नगरपालिका आउँदै छन्।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको उक्त नगरपालिकामा ओलीले शक्ति प्रदर्शन गर्न लागेका हुन्। ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनसभालाई सम्बोधन गर्ने छन्।

ओलीले अहिलेसम्म इलामको निर्वाचन क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा सहभागी भएका थिएनन्।  ‘उहाँले अहिलेसम्म कुनै पनि हैसियतमा यो क्षेत्रको कार्यक्रममा सहभागी हुनु भएको छैन’, नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले भने।

इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए। खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो।

खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ।

नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी पूरा भएको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गा देवी भट्टराईले जानकारी दिइन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको