प्राविधक र व्यवसायिक शिक्षा सुरु

पोशाकमै खेतबारीमा विद्यार्थी

275898765_464671698437553_2980881104440375956_n-1-_7j5SLcvhco

 

 

आजकाल झापाका विद्यार्थी पोशाकमै खेतबारीमा देखिन्छन् । कृषिलाई आधुनिकीकरण गर्दै खेतबालीमा अध्ययन गर्दैछन्, विद्यार्थी । ती विद्यार्थी हुन्-बाली विज्ञानका । पछिल्लो समय प्राविधक र व्यवसायिक शिक्षा सुरु भएसँगै यसको अध्ययन गर्ने क्रम बढेको छ । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थीहरू अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । झापा गाउँपालिकामा रहेको जनता माविमा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी यतिबेला खेतबारीमा देखिन्छन् ।

सरकारको सहयोगसमेत पाएपछि उनीहरू सामूहिक रूपमा व्यवसायिक खेती गर्न थालेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष खेतीमा लाग्ने प्रविधि र टनेल निर्माणमा सहयोग भएपछि विद्यार्थीहरू आफैँ व्यवसायिक रूपमै खेतीमा लागेका छन् । कृषि पढ्ने विद्यार्थीले अभ्यास गर्ने क्रममा व्यसायिक रूपमा खेती थालेको जनता माविमा कक्षा ११ मा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी विपिसा प्याकुरेलले बताइन् । ‘हामी यही विषय पढ्दै आएका छौँ । हामीले अध्यास पनि गर्नुपर्छ । सरकारले नै प्रविधि र टनेल दिएपछि आफैँ उत्पादनमा लागेका हौँ,’ उनले भनिन्, ‘यसले अध्ययन पनि भयो । हामीलाई आर्थिक रूपमा केही सहज पनि भयो ।’

सिक्ने र गर्ने इच्छा हुँदा विद्यार्थीले समेत सफलपूर्वक खेती गरेका छन् । पढाईसँगै आम्दानीसमेत गर्ने गरी विद्यार्थीले गरेको खेतीले अन्य किसानलाई समेत प्रेरित गरेको उनी बताउँछिन् ।

झापा गाउँपालिका क्षेत्रमा कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षा मात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएको बाली विज्ञानअन्तर्गत कक्षा-९ का विद्यार्थी वसन्त दाहालले जानकारी दिए । यसले गर्दा किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हसुने समस्याका बारेमा जानकारी लिन सहज भएको बताएका छन् ।

विद्यार्थीले चालु आर्थिक वर्ष हाइव्रेड मकैको खेतीको प्रदर्शनी समेत गरेका थिए । एक हेक्टर क्षेत्रमा गरेको मकै खेती र  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाले गत वर्ष टनेल निर्माणमा १० लाख अनुदान सहयोग गरेपछि विद्यार्थीहरू खेतीमा थप आकार्षित भएको परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । ‘विद्यार्थीले सिक्न पनि पाएका छन् । आम्दानी पनि भएको छ,’ उनी भन्छन्, ‘यसले कृषिलाई आधुनिकीकरण र व्यवसायिकीकरण गर्न सघाउ पुगेको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित