जानकी मन्दिरमा शनिबार सवा लाख द्विप प्रज्ज्वलन गरिदै

जनकपुर,११ वैशाख । जनकपुरधामको जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने भएको छ ।

जानकी नवमीको उपलक्ष्यमा भोली शनिबार बेलुका जानकी मन्दिर प्राङ्गणमा सवा लाख द्विप प्रज्ज्वलन गरिने हिन्दूवादी संगठन जानकी सेनाले जानकारी दिएको छ ।

जानकी सेनाको अगुवाईमा विगत पाँच वर्षदेखि जानकी मन्दिरमा विशेष पर्वका बेला द्विप प्रज्ज्वलन गरिँदै आएको छ । द्विप प्रज्ज्वलनमा सम्पूर्ण जनकपुरवासीको सहभागिता हुने गर्छ ।

यता, जानकी मन्दिरले भने भोलीको दिन भव्यताका साथ मनाउने मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिनु भएको छ । उहाँले जनकपुर र नेपाललाई विश्वभरि चिनाउने माता सीताको जन्मोत्सवलाई धुमधामका साथ मनाईने बताउनु भएको हो ।

उहाँले भोली बिहान जनकपुरधामको दुधमत्ती नदीमा साही स्नान गरिने कार्यक्रम रहेको बताउनु भयो । सो पश्चात जानकीजीको डोलासहित विशेष गाजाबाजाका साथ नगरपरिक्रमा गर्ने उहाँले जानकारी दिनु भयो ।

जानकी मन्दिरमा विशेष पूजापाठ, मैथिली परम्परा अनुसारका संस्कृतिक कार्यक्रम, नाचगान, महाआरती र महाप्रसादको कार्यक्रम रहेको छोटे महन्थ राम रोशन दासले बताउनु भयो ।

जानकी नवमीको अवसरमा जनकपुरधामवासीले आ–आफ्नो घर आंगनमा दिपावली मनाउने गर्छन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका