एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका छन् ।

मायाको पहिचान नेपालका संस्थापक तथा पूर्वसांसद सुनिलबाबु पन्तले अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको बताए ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कुरा गर्दै पन्तले करिब दुई वर्षदेखि सेवा प्रभावित हुँदा एचआईभी परीक्षण, रोकथामका सामग्री तथा समुदायमा आधारित परीक्षण सेवामा अभाव भएको बताए । यसले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमा एचआईभी सं क्रमणको जोखिम बढाएको उनको भनाइ छ ।

‘करिब २५ वटा जिल्लामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको एचआईभी जोखिम, यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू सबै बन्द भए । अहिले एचआईभी टेस्टिङ पनि भएको छैन । एचआईभी रोकथाममा चाहिने कन्डम, लुब्रिकेन्ट लगायतका साधनहरुको अभाव छ,’ उनले भने, ‘समुदायमा आधारित एचआईभीरएसटिआईको परीक्षण गर्ने कार्यक्रम पनि बन्द हुँदा समुदायमा व्यक्तिहरुमा जोखिम बढेको छ । एचआईभी संक्रमण बढ्दो छ ।’

पन्तले जनवरी २०२५ देखि सेवा बन्द वा प्रभावित भएपनि नेपाल सरकारले आवश्यक चासो नदेखाएको आरोप लगाए । युएसएआइडीको सहयोग बन्द भएपछि केही संस्थामार्फत कार्यक्रम सञ्चालन भएको भनिए पनि कुन संस्थाले कसरी काम गरिरहेको छ भन्ने विषय पारदर्शी नभएको उनको भनाइ छ।

उनले ग्लोबल फन्डको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि प्रमुख प्राप्तकर्ता ९प्रिन्सिपल रिसिपिएन्ट० छनोट प्रक्रियामा देखिएको विवाद पनि छिटो समाधान गर्न माग गरे ।

उनका अनुसार कन्ट्री कोअर्डिनेटिङ मेकानिजम (सीसीएम) ले एउटा संस्थालाई छनोट गरेपछि विवाद उत्पन्न भएको थियो। अहिले ग्लोबल फन्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) लाई प्रमुख प्राप्तकर्ता बनाउन सिफारिस गरे पनि नेपाल सरकारले त्यसलाई अनुमोदन गरेको छैन ।

पन्तले नेपालमा दुई दशकभन्दा बढी समयदेखि ग्लोबल फन्डले योगदान गर्दै आए पनि स्वास्थ्य कार्यक्रम सञ्चालनमा सरकारी संयन्त्रलाई प्राथमिकता दिनुपर्ने बताए। सरकारको क्षमता र पारदर्शितामाथि प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र गैरसरकारी संस्थालाई प्रमुख प्राप्तकर्ता बनाउने प्रवृत्तिले कार्यक्रम सञ्चालन महँगो भएको उनको दाबी छ ।

उनले सार्वजनिक स्वास्थ्यको जिम्मेवारी अन्ततः सरकारकै हुने भएकाले स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने क्षमता सरकारी संयन्त्रमा विकास गर्नुपर्नेमा जोड दिए । दातृ निकायको सहयोग सधैँ उपलब्ध नहुने भन्दै उनले भविष्यमा कार्यक्रमको जिम्मेवारी लिन सरकारले अहिलेबाटै तयारी गर्नुपर्ने बताए ।

पन्तले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि एचआईभी तथा यौनरोगसम्बन्धी सेवा पुनः सञ्चालन गर्न नेपाल सरकार, ग्लोबल फन्ड, सीसीएम र संयुक्त राष्ट्रसंघीय निकायहरूलाई आग्रह गरे। बन्द भएका कार्यक्रमबाट सिर्जित सेवा अभावलाई यथाशीघ्र पूर्ति गर्नुपर्ने उनको माग छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठघाटमा सुरक्षा कडा, महँगा गहना नलगाउन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज,२९ कार्तीक । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको

अमेरिकामा १५ हजारभन्दा बढी हवाई उडान रद्द, १० लाख यात्रु प्रभावित

काठमाडौं ,२९ कार्तीक। अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं

कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं,२९ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ

दुर्घटनापछि ‘जलाकी’ को मुख्य भूमिकामै फर्किए सोनम तोप्देन

काठमाडौं,२९ कार्तीक । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा

नेपाल–भारत सीमामा ड्युटीकै क्रममा भारतीय एसएसबी जवानको मृत्यु

दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२

छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग

काठमाडौं ,२९ कार्तीक। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय

एमाले प्रचार विभागका अनुसार मंसिर २ देखि राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक

काठमाडौं,२९ कार्तीक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीले मंसिर २ र ३ गते