अनुसन्धान जारी

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३० बजे तल्लो धाइजनबाट माथिल्लो धाइजनतर्फ जाँदै गरेको मे८प १३२१ नम्बरको १५० सीसीको यामाहा एफजेड मोटरसाइकल भित्री कच्ची सडकमा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

 

दुर्घटनामा परेर मेचीनगर नगरपालिका–१२, सहरेडाँगीका २७ वर्षीय तिलकुमार पुरी गम्भीर घाइते हुनुभएको थियो। टाउकोमा गम्भीर चोट लागेका उहाँलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइए पनि उपचारकै क्रममा राति करिब १० : ३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।