ललितपुरका तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र

ललितपुर ,१४ वैशाख। जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकाका विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अवलोकन गरेको हो ।
अवलोकनका क्रममा महांकाल गाउँपालिकामा रहेको प्रसिद्ध कालेश्वर महादेव मन्दिर पुगेका सहभागीहरूले धार्मिक आस्था र ऐतिहासिक महत्वबारे जानकारी लिएका थिए । स्थानीय जनविश्वासअनुसार स्वस्थानी व्रतकथासँग सम्बन्धित यस क्षेत्रको धार्मिक महत्त्व विशेष रहेको छ । समुद्र सतहबाट करिब २ हजार ९ सय मिटर उचाइमा अवस्थित उक्त मन्दिर प्रत्येक वर्ष चैत पूर्णिमामा लाग्ने मेलाका कारण पनि चर्चित छ, जहाँ विभिन्न जिल्लाबाट हजारौँ भक्तजन पुग्ने गर्दछन् ।

प्याङगाउँस्थित आंगःछे देवस्थलमा प्रत्येक महिनाको औँसी र चतुर्थीमा विशेष पूजा हुने परम्परा रहेको छ । उक्त स्थलमा कडा धार्मिक नियमहरू लागू गरिएका छन्, जहाँ सीमित व्यक्तिहरूलाई मात्र प्रवेश अनुमति दिइएको छ ।
यसैगरी, कोन्ज्योसोम गाउँपालिकामा निर्माण गरिएको कोन्ज्योसोम प्रतिमा ९बुद्धका तीन मूर्ति० को पनि अवलोकन गरिएको थियो । फूलबारी डाँडाबाट हिमाली शृङ्खलाहरू अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

त्यस्तै बागमती गाउँपालिकाको भट्टेडाँडास्थित मैरेभिरको राडर क्षेत्र पनि अवलोकन गरिएको थियो । यस क्षेत्रलाई साहसिक पर्यटन, दृश्यावलोकन तथा प्राकृतिक भ्रमणका लागि उपयुक्त गन्तव्यका रूपमा हेरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका