छात्रावृत्ति कोष स्थापना

दमक क्याम्पसमा पुण्यमाया स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना, वर्षमा ४ जना विद्यार्थीले ३१ हजार बराबरको शैक्षीक राहत पाउने

275857704_1648753052125192_4750364841361974536_n

दमक/
झापाको दमकमा रहेको दमक बहुमुखी क्यम्पसमा अर्को एउटा छात्रावृत्ति कोष थपीएको छ । पुण्यमाया स्मृती छात्रावृत्ती अक्षय कोषको आईतबार एक औपचरिक कार्यक्रम गरेर घोषणा गरिएको छ । दमक ५ निवासी गुरु प्रसाद रेग्मि र शुसिला रेग्मीले स्थापना गरेको अक्षय कोषको बारेमा आईतबार दमक क्याम्पसमा कार्यक्रम गरि जानकरी गराइएको हो ।

४ लाख रुपैँया बराबरको यो अक्षय कोष गुरु प्रसाद रेग्मीकी आमा स्व पुण्यमाता रेग्मी, योगमाया रेग्मी , शुष्मा रेग्मी र भगिरता भट्टराईको स्मृतिमा तय गरिएको हो ।

यो कोषबाट कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने २ जनालाई १४ हजार, गरिव तथा जेहेन्दार १ जना छात्रालाई १० हजार र १ जना क्याम्पसकै उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ७ हजार नगद छात्रावृत्ति उपलब्ध गराइने आईतबार आयोजीत कार्यक्रममा अक्षय कोष स्थापना गर्ने गुरु रेग्मीका छोरी ज्वाई तोयानाथ आचार्यले जानकारी दिनुभयो ।

यो छात्रावृत्तीले गरिव तथा जेहेन्दार विद्यार्थीका साथै अध्ययनमा रुची राख्ने विद्यार्थीको उच्च शिक्षा पढाईमा मद्यत पुग्ने विस्वास गरिएको दमक बहुमुखी क्याम्पसका प्रमुख नेत्र प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

कोषको संरक्षकहरुमा श्रीमती गोमा रेग्मी निरौला, छोरा बुहारीहरु क्रमश निरज कुमार/शर्मिला रेग्मी, पंकज/सविना रेग्मी तथा छोरी ज्वाईहरु उषा रेग्मी(आचार्य/तोयानाथ आचार्य रहनु भएको छ ।

घोषित रकम मेचि सहकारी सस्था लिमिटेड दमकको खातामा कोषको नाममा रकम जम्मा गरिसकिएको पनि जानकारी गराइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित