"६ जना पक्राउ"

देउवाले भनुुभयो – लेटाङ घटनाका दोषीलाई कारवाही हुन्छ

 

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको घटनामा संलग्नलाई कार्वाहीको दायरामा ल्याउने बताएका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा आज प्रधानमन्त्री देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

हत्या अपराधमा संलग्नले उन्मुक्ति नपाउने चेतावनी दिँदै प्रधानमन्त्री देउवाले शान्ति सुरक्षा बहालीको लागि सुरक्षाकर्मी अझै सचेत भएर लाग्नुपर्ने बताए । आइतबार १४ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

घटनापछि सोमबार प्रशासनले सो क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ भने घटनामा संलग्न रहेको आशंकमा ६ जनालाई पक्राउ गरेको छ ।

 

Share: