बसाईं सरेको देशमा देश बचाउँदै भुटानीहरु

‘मनदेखि मनसम्म’ को सातौं श्रृंखला कोलम्बसमा

स्पोकन वर्ड पोएट्री भनेको केवल लेखेर पढ्ने कविता होइन, सुनाएर र प्रस्तुत गरेर अनुभव गराउने कविता

पथरी, २७ बैशाख / जहाँ पुगेपनि आफ्‌नो भाषा, कला, साहित्य र संस्कृति आफ्‌नो मनभित्र बचिरहेको हुन्छ । त्यसलाई कार्यक्रममार्फत अरु अरुमा प्रभाहित गर्दै त्यसको संरक्षणमा जोड दिने काममा यसबेला तेस्रो मुलुकमा पुनर्वास भएका नेपालीभाषी भुटानीहरु लागिपरेका छन् ।

 

यसक्रममा, विश्व भुटानी साहित्यिक संगठन (जीबीएलओ) को आयोजनामा नेपाली भाषा, साहित्य, संस्कार र भावना जोड्ने उद्देश्यले आयोजना हुँदै आएको लोकप्रिय कार्यक्रम ‘मनदेखि मनसम्म’को सातौं संस्करण अमेरिकाको कोलम्बस ओहायोमा सम्पन्न भएको छ । सृजनामार्फत बसाईं सरेको देशका देश बचाइरहने काम भएको छ ।

प्रवासमा रहेका नेपाली समुदायबीच भाषा, कला, साहित्य , संस्कार, अनुभूति र अभिव्यक्तिलाई साझा गर्ने महत्वपूर्ण थलोका रूपमा स्थापित यस कार्यक्रमले विगतका वर्षहरूमा उल्लेखनीय सफलता हासिल गरेको अभियानका एक अभियन्ता पेन्सिलभेनियाका सर्जक शेखर कोइराला काकुले जानकारी गराउनु भयो ।


यसअघि ‘मनदेखि मनसम्म’ कार्यक्रमका छैटौं श्रृङखला सफलतापूर्वक सम्पन्न भइसकेका छन् । प्रत्येक संस्करणमा विभिन्न राज्य र शहरका प्रतिभाशाली कवि, साहित्यप्रेमी र कलाकारहरूले आफ्नो सिर्जना प्रस्तुत गर्दै दर्शकहरूको मन जित्दै आएका छन् । कार्यक्रमले प्रेम, पीडा, समाज, पहिचान र प्रवासी जीवनका अनुभवहरूलाई समेट्ने तथा नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याइ सहभागीहरूलाई भावनात्मक रूपमा जोड्ने काम गरेको काकुले उल्लेख गर्नुभयो । कार्यक्रम जीबीएलओ अध्यक्ष पातलो अन्तरेको अध्यक्षतामा सम्पन्न भयो । त्यहाँ अगुवा सर्जक नेपाली भाषा परिषद भुटानका गंगाराम लामिटारे, गीतकार हरि उप्रेतीलगायत २ दर्जन बढी सर्जकहरुले आफ्‌ना रचना प्रस्तुत गरेका थिए ।

 

अन्ततः, कविता मन र समाजबीचको पुल हो । यसले व्यक्तिको भित्री संसारलाई बाहिरी दुनियाँसँग जोड्छ र भावना साटासाट गर्ने अवसर प्रदान गर्छ । त्यसैले कविता केवल शब्दहरूको संयोजन होइन, यो मनको साँचो आवाज हो भन्ने हिसाबले ‘मनदेखि मनसम्म’ कार्यक्रम सञ्चालनमा ल्याइएको उल्लेख छ ।

पिट्सबर्गबाट नयाँ वर्षको सुरुवात गर्दै ‘मनदेखि मनसम्म’
यो कार्यक्रम सन् २०२५ को भ्यालेन्टाइन डे मा ह्यारिसबर्गबाट सुरु गरिएको हो, जसमा अगोम गुरुङ र मम्स मोमो एन्ड डेलीको महत्वपूर्ण सहयोग रहेको तथ्य अर्का अभियन्ता सर्जक भरत तिम्सिनाले उल्लेख गर्नुभएको छ । प्रारम्भिक चरणमै प्राप्त समर्थनले कार्यक्रमलाई समुदायमैत्री र समावेशी बनाउनेमा सहयोग गरेको तिम्सिनाको भनाइ छ ।
सो कार्यक्रम केवल कलात्मक कार्यक्रम मात्र नभई, भावनाहरू साझा गर्ने र सामाजिक विषयहरूमा खुल्ला अभिव्यक्ति दिने एउटा साझा मञ्च हो । सामाजिक संवाद र भावनात्मक सम्पर्कको प्लेटफर्म समेत रहेको छ ।

 

यस पहलको मूल विश्वास भनेको कविता जटिल वा सिमित वर्गको मात्र नभई, साधारण मानिसको भाषा पनि हुन सक्छ भन्नेमा आधारित छ ।
आजको व्यस्त जीवनशैलीमा, जहाँ पुस्तक पढ्न समय कम हुन्छ, ‘मनदेखि मनसम्म’ कार्यक्रमले कविता र कलालाई सबैका लागि पहुँचयोग्य बनाउने विश्वास राखेको छ । वाचनका रूपमा कविता सुन्दा अनुभव गर्ने माध्यमले साहित्यसँग जोडिन सजिलो बाटो खोल्छ । कार्यक्रमले कविताको रहस्य हटाउँदै, जो–कोहीलाई खुला मञ्चमा सहभागी हुन प्रोत्साहित गर्दै आएको छ ।

सहभागीहरूले आफ्ना अनुभव, भावना र सामाजिक दृष्टिकोण स्पोकन वर्ड पोएट्रीमार्फत प्रस्तुत गर्छन् । कार्यक्रम सहरको सीमाभन्दा बाहिर फैलिँदै विभिन्न राज्यहरूमा बसोबास गर्ने नेपालीभाषी समुदायसम्म पनि पुगिरहेको छ । यसको ‘मनदेखि मनसम्म’ जीबीएलओद्वारा दस्तावेजीकरण गरिएको परियोजना भए पनि कुनै एक संस्थामा सीमित छैन । यसका मुख्य सदस्यहरू—शेखर कोइराला, मदन दुलाल, पातलो अन्तरे र भरत तिम्सिनाको संयोजनमा इच्छुक कुनै पनि व्यक्ति वा समूहले सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्न सक्ने खुला संरचना यसको विशेषता हो । यसले सहभागी र इच्छुक व्यक्तिहरूलाई सक्रिय योगदान र सहकार्यको अवसर दिन्छ ।

के हो स्पोकन वर्ड पोएट्री ?
स्पोकन वर्ड पोएट्री भनेको केवल लेखेर पढ्ने कविता होइन, सुनाएर र प्रस्तुत गरेर अनुभव गराउने कविता हो । यसमा भाव, स्वर, ताल, र लयको मुख्य भूमिका हुन्छ । परम्परागत कविता जस्तै नियम र रूपको ध्यान दिने गरिएपनि, स्पोकन वर्डमा स्वतन्त्र शैली अपनाइन्छ ।
यसमा भाषा सरल र बोलिचालको शैलीमा हुन्छ, जसले जो–कोहीले सहजै बुझ्न र महसुस गर्न सकून्। कविले आफ्ना अनुभव, भावना, वा सामाजिक मुद्दा प्रस्तुत गर्न सक्छन्। प्रस्तुति क्रममा हाउभाउ र भाव–भङ्गिमाको प्रयोगले कविताको अर्थ अझ स्पष्ट बनाउँछ । नियम निश्चित नभएकाले स्पोकन वर्डको विशेषता यसको स्वतन्त्र शैली र व्यक्तिगत अभिव्यक्तिमा देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८