दमक गोल्ड कप तयारी पुरा

दमक गोल्ड कपको तयारी सकियो, खेल हेर्न जानेका लागी चार ठाउँमा निशुल्क बस सेवा

दमक/
चैत ९ गते बुधबारबाट सुरु हुने दमक गोल्ड कपको तयारी पुरा भएको छ । प्रदेश १ कै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्ड कप सञ्चालन गर्नकालागि सबै तयारी सकिएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
गोल्ड कप २०७८ हुने दमक ३ स्थित दुम्सेको प्रस्तावित मदन भण्डारी रङ्गाशालामा ७ हजार क्षमताको प्याराफिट बनिसेका छन् । विभिन्न स्थानमा प्रवेशद्धारहरु निर्माण भइसकेको छ ।

प्रवेश शुल्क १ सय र २ सय रुपैँया राखीएको प्रतियोगीतामा दैनिक ३ हजारको हाराहारीमा खेल हेर्न दर्शक आउने अपेक्षा गरिएको छ । यो वर्ष खेल मैदान पूर्व पश्चिम राजमार्गदेखी करिव ७ किलोमिटर उत्तर रहेकोले दर्शकहरुको सुविधाकालागि निशुल्क बसको व्यवस्था गरिएको दमक नगर खेलकुद समितीका अध्यक्ष भीमराज चौँलागाईले जानकारी दिनुभयो ।

कृष्ण मन्दिर, क्याम्पस मोड, गोरखा डिपार्टमेण्ट अगाडी र पहु शाट स्थित बस पार्कमा चारवटा बसले दर्शकलाई खेल मैदान सम्म लैजाने र पूःन तत् तत् स्थानमा खेल सकिएपपछि फर्काउने पनि छ । यी बसको प्रयोग गर्न खेल हेर्न जाने दर्शकले कुनै पनि शुल्क तिर्न नपर्ने अध्यक्ष चौँलागाईले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

खेलमा ३ वटा विभागीय , तीन वटा विदेशी सहित १० टिमको सहभागीता रहने खेल संयोजक मीन मगरले जानकारी दिनुभयो । प्रतियोगीतामा मछिन्द्र क्लव काठमाडौ, नेपाल पुलिस क्लव काठमाडौ, त्रिभूवन आर्मी क्लव काठमाडौ, मनाङ मर्याङदी क्लव काठमाडौ, फ्रेण्ड्स क्लव काठमाडौ, एमिमियर फुटबल क्लव क्यामरुङ अफ्रिका, मानेभञ्ज्याङ फूटबल क्वल दार्जिलिङ भारत, दुर्गापुर स्टिल क्लव कलकत्ता भारत, बागमती यूवा फूटबल क्लव सर्लाहि र आयोजक दमक ११ प्रतियोगीतामा सहभागी हुने छन् । अन्य विभिन्न स्थानमा समेत अहिले प्रतियोगीता सञ्चालन भइरहेकोले विभागिय टिमहरुको सहभागीता कम भएको मगरले जनाकारी दिनुभयो ।

प्रथम पुरस्कार नगद १३ लाख ११ हजार पुरस्कार राशी भएको दमक गोल्ड कप २०७८ चैत्र ९ गते देखी १८ गते सम्म हुने छ । प्रतियोगीताको द्धितिय हुने टिमले ६ लाख ११ हजार, प्राप्त गर्ने छ भने विभिन्न विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई पनि २१ हजार माथीको पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगीता सम्पन्न गर्नकालागि १ करोड २३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगीता सम्पन्न गर्दा रकम बचत भयो भने खलकुद क्षेत्रको प्रर्वधन गर्न खर्च गरिने पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत