दमकमा खेलकुद महोत्सवको उद्धघाटनमा देखियो यस्तो दृष्य

सबै खेलका खेलाडी एकै ठाउँ, पञ्चेवाजा र च्याब्रुङले गरियो स्वागत

दमक,३० वैशाख । सास्कृतिक पहिचान झल्कने पहिरन । पञ्चेवाजा र च्याब्रुङको ढोल । खेलाडीको अनुशाषन अनी नगरका नेतृत्वको उपस्थितीले सोमबार फरक माहोल बनाएको थियो । यो झाँकी सहितको र्याली दमक नगरपालिकाले आयोजना गरेको खेलकुद महोत्सवको उद्धघाटन गर्न अघी बढेको हो । सोमबार विषेश झाँकी सहित दमक ७ मा रहेको नमुना कवर्ड हलमा पुग्यो । बिभिन्न खेलका खेलाडीहरु यहाँ सहभागी थिए । दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशाषकीय अधिकृत सुनिल निरौला, दमकका बिभिन्न वार्डका वार्ड अध्यक्ष, खेलप्रेमी, अन्य बिभिन्न राजनैतिक दलहका प्रतिनिधीहरुको सहभागीताले महोत्सवको उद्धघाटन भव्य देखाइरहेको थियो ।

 

अनी अझ यसैमा आर टि एफ तेक्वान्दोका खेलाडीहरुले आफ्नो प्रस्तुतीको प्रर्दशनीले यो माहोललाई अझ सानदार बनाइरहेको थियो । महोल खेलमय थियो । यो माहोललाई अझ रोमाञ्चक बनाउन यहाँ साकेला सिली नचाइयो । च्याब्रुङ नाचले यो उपस्थितीलाई फरक माहोल बनाउँदै उत्साहीत बनाइरहेको थियो ।

 

उद्धघाटन कार्यक्रमको औपचारीक कार्यक्रमलाई निकै छोटो समयमै सक्ने प्रयास गरीएको थियो । कार्यक्रममो सफलताको सुभकामना व्यक्त गर्ने मन सबैको थियो । तर समयको पावन्दीले गर्दा कार्यक्रमको प्रमुख अतिथी रहनु भएका दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले मात्रै बोल्नु भयो । उहाँले दमकमा खेलकुद महोत्सवले नयाँ उचाई लिइरहेको र सबै खेललाई समान स्थान दिएर खेलाइएकोले हरेक खेलका खेलप्रेमीहरु समेट्न सकिएको भन्दै महोत्सव सफलताको सुभकामना व्यक्त गर्नुभयो ।

 

नगरको खेलकुदलाई चलायमान बनाउन यहाँ नगर पालिका अन्तर्गतको खेलकुद विकास समिती छ । यही समितीले बिगत वर्ष झै यो पटक पनि खेलकुद महोत्सव आयोजना गरेको हो । यसका अध्यक्ष भीम केसीले सबै विधाका खेलाडीहरुलाई नगद पुरस्कार सहित एउटा स्थानीय तहले गरेको कार्यक्रम नेपालमै उदाहरणीय रहेको दावि गर्नु भयो । उहाँ भन्नु हुन्छ कोहि पनि खेलाडी रित्तो हात फर्कन हुदैन भनेर हरेक खेलका उत्कृष्ट खेलाडीहरुलाई कुनै न कुनै तहको पुरस्कार व्यवस्थापन गरिएको र यसबाट उनीहरुलाई थप उत्साह प्राप्त हुने विस्वास उहाँको छ ।

 

९ वटा विधाका खेलकुदहरु यो महोत्सवमा सञ्चालन गरिरहेका छन् । बिभिन्न खेलहरु दमक नगर भीत्र रहेका बिभिन्न मैदान, हल तथा खुल्ला स्थान अनी कोर्टहरुमा सञ्चालन भइरहेको छ । यसको समापन बुधबार बैशाख ३० गते दमक १० मा सेतुमारी स्थित नलबारी खेलमैदानमा महोत्सव संयोजक प्रकाश राईले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा

८७ वर्षीया राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत

५४७ जनाको मृत्यु, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं ,१२ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको