एसईई थ्रेसहोल्ड

एसईईका लागि रहेको १४ वर्ष उमेरको थ्रेसहोल्ड हट्यो

SLC-students

काठमाण्डौं/  सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको २ गतेको मन्त्रीस्तरीय निर्णयबाट एसईईका लागि रहेको १४ वर्ष उमेरको थ्रेसहोल्ड हटाएको र त्यसको सूचना प्राप्त भएर कार्यान्वयनमा गएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

अरू देशमा रहेको व्यवस्था र नेपालमा कतिपय विद्यार्थीहरू १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले कक्षा १० को वार्षिक परीक्षामा रहेको उमेर हद हटाएको उहाँले बताउनुभयो ।

बालबालिकाको वृद्धि विकासको दृष्टिले पाँच वर्ष पुगेपछि मात्रै विद्यालयमा भर्ना गर्नु ठिक हुने तर कतिपय बालबालिकाले केही कक्षा नपढी माथिल्लो कक्षामा जान सक्ने अवस्था हुने भएकाले उमेरको हद हटाउनु उपयुक्त देखिएको शर्माको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित