चैत १८ देखि २१ सम्म प्रधानमन्त्री देउवाको  भारत भ्रमण

 

 

 

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २१ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

स्रोतका अनुसार बिहीबार साँझसम्म प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय हुने संभावना छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।

देउवा भारत जानुअघि चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउँदैछन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा चिनियाँ मन्त्री यी शुक्रबार नेपाल आउन लागेका हुन् । चिनियाँ विदेशमन्त्रीको भ्रमण लगत्तै देउवा भारत जान लागेका हुन् ।

देउवा यसअघि पनि भारत भ्रमणको तयारीमा थिए । तर, कोरोनाका कारण कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्ध भएको थियो । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि भारतका लागि नेपाली राजदूत शंकर शर्मा दिल्ली पुग्नेछन् ।

हालै राजदूत नियुक्त भएका शर्माले शुक्रबार (भोलि)मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिँदैछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत