ओखलढुंगामा  एकै पटक पाँच सरकारी भवन हस्तान्तरण

thumb (28)

 

 

 

ओखलढुंगा — ७२ सालको भूकम्पले क्षतिग्रस्त सरकारी कार्यालयमध्ये पुनर्निर्माणपछि बुधबार एकै पटक पाँच भवन हस्तान्तरण भएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले राष्ट्रिय अनुसन्धान, जिल्ला पशु सेवा, जिल्ला भूसंरक्षण, खानेपानी तथा सरसफाइ डिभिजन र जिल्ला सरकारी वकिल कार्यालयको भवन हस्तान्तरण गरेको हो ।

यी भवन एसियाली विकास बैंकको ऋण सहयोगमा भूकम्प आकस्मिक सहायता आयोजनामार्फत पुनर्निर्माण गरिएका हुन् । यसको ठेक्का लगाउने, नियमन गर्ने सबै काम उक्त आयोजनाले गरेको हो । लुम्बिनी बिल्डर्स डाँफे जेभीले २०७४ साल कात्तिक २७ मा यी पाँच वटै भवन बनाउने ठेक्का एकमुष्ट रूपमा लिएको थियो । भ्याटसहित २१ करोड २८ लाख १५ हजार २ सय ४५ रुपैयाँमा भवन निर्माणको ठेक्का लागेको हो ।

यी भवनको भौतिक निर्माण पूर्ण रूपमा सकिएको र वित्तीय प्रगति ९३ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । कार्यालयका प्रमुख तुल्सीराम खर्बुजाले थप गरिएको म्यादमा काम सम्पन्न नगरेबापत निर्माण व्यवसायीले १२ लाखभन्दा बढी हर्जना तिरेको बताए । सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले भवन सम्पन्न भएका कार्यालय प्रमुखलाई सम्पन्नताको प्रमाणपत्र हस्तान्तरण गरे ।

नवनिर्मित भवनको संरक्षण र सदुपयोग गर्ने जिम्मा सम्बन्धित सरकारी कार्यालयको हातमा आएको उनले बताए । साथै यी भवनको बेलाबेलामा मर्मतसम्भार सम्बन्धित कार्यालय मातहतका निकायमा पहल गरेर निरन्तरता दिइरहनुपर्ने मेयर श्रेष्ठले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित