ओखलढुंगामा  एकै पटक पाँच सरकारी भवन हस्तान्तरण

 

 

 

ओखलढुंगा — ७२ सालको भूकम्पले क्षतिग्रस्त सरकारी कार्यालयमध्ये पुनर्निर्माणपछि बुधबार एकै पटक पाँच भवन हस्तान्तरण भएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले राष्ट्रिय अनुसन्धान, जिल्ला पशु सेवा, जिल्ला भूसंरक्षण, खानेपानी तथा सरसफाइ डिभिजन र जिल्ला सरकारी वकिल कार्यालयको भवन हस्तान्तरण गरेको हो ।

यी भवन एसियाली विकास बैंकको ऋण सहयोगमा भूकम्प आकस्मिक सहायता आयोजनामार्फत पुनर्निर्माण गरिएका हुन् । यसको ठेक्का लगाउने, नियमन गर्ने सबै काम उक्त आयोजनाले गरेको हो । लुम्बिनी बिल्डर्स डाँफे जेभीले २०७४ साल कात्तिक २७ मा यी पाँच वटै भवन बनाउने ठेक्का एकमुष्ट रूपमा लिएको थियो । भ्याटसहित २१ करोड २८ लाख १५ हजार २ सय ४५ रुपैयाँमा भवन निर्माणको ठेक्का लागेको हो ।

यी भवनको भौतिक निर्माण पूर्ण रूपमा सकिएको र वित्तीय प्रगति ९३ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । कार्यालयका प्रमुख तुल्सीराम खर्बुजाले थप गरिएको म्यादमा काम सम्पन्न नगरेबापत निर्माण व्यवसायीले १२ लाखभन्दा बढी हर्जना तिरेको बताए । सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले भवन सम्पन्न भएका कार्यालय प्रमुखलाई सम्पन्नताको प्रमाणपत्र हस्तान्तरण गरे ।

नवनिर्मित भवनको संरक्षण र सदुपयोग गर्ने जिम्मा सम्बन्धित सरकारी कार्यालयको हातमा आएको उनले बताए । साथै यी भवनको बेलाबेलामा मर्मतसम्भार सम्बन्धित कार्यालय मातहतका निकायमा पहल गरेर निरन्तरता दिइरहनुपर्ने मेयर श्रेष्ठले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु