१७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

नेपाल तेक्वान्दो संघद्वारा १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजनाको घोषणा

ललितपुर/ नेपाल तेक्वान्दो संघले चैत १८ र १९ गते १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । तेक्वान्दो संघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ । २६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीहरुले सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष एवं आयोजक समिति अध्यक्ष भान बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितामा सिनियर तथा जुनियर गरि २६ वटा वजन समूहमा प्रतिष्पर्धा हुने उहाँले बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने संघले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा