१७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

नेपाल तेक्वान्दो संघद्वारा १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजनाको घोषणा

ललितपुर/ नेपाल तेक्वान्दो संघले चैत १८ र १९ गते १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । तेक्वान्दो संघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ । २६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीहरुले सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष एवं आयोजक समिति अध्यक्ष भान बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितामा सिनियर तथा जुनियर गरि २६ वटा वजन समूहमा प्रतिष्पर्धा हुने उहाँले बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने संघले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत