दमक/
जीवन स्मृति प्रतिष्ठन दमकले विभिन्न ५ जना श्रष्टाहरुलाई सम्मान गरेको छ ।
दमक ४ स्थित ताराबारीमा रहेको प्राच्य विज्ञान सस्थनमा एक कार्यक्रमको आयोजना गरि श्रष्टालाई सम्मान गरेको हो ।
साहित्यकार जीवन आचार्यको स्मृतिमा आयोजीत सम्मान कार्यक्रममा साहित्यकारहरु धनकुटाका तर हाल सुनसरी निवासी लक्ष्मी कृष्ण श्रेष्ठलई साहित्यकार जीवन आचार्यको जीवनी, व्यक्तित्व र कृतिको अध्ययन २०५२, बिर्तमोड निवासी भवानी क्षेत्रीलाई जीवन स्मृती पुरस्कार २०७४, काठमाडौका सुनिल पोखरेललाई जीवन स्मृती पुरस्कार २०७६, इटहरी सुनसरीका मनु मन्जिललाई जीवन स्मृती पुरस्कार २०७५ र हाल काठमाडौ निवासी प्राच्य डा. गोविन्दराज भट्टराईलाई जीवन स्मृति पुरस्कार २०७७ द्धारा सम्मान गरिएको हो ।
नेपाली साहित्यमा कथा, कविता तथा विभिन्न समालोचना मार्फत योगदान पुर्याएकोमा यी साहित्यकारहरुलाई सम्मान गरिएको सस्थाका अध्यक्ष भूमि प्रसाद दाहालले जानकारी दिनुभयो ।
सम्मानीत हुनेलाई जनही १५ हजार १ सय ११ सहित सम्मान पत्र र बर्की ओडाएर कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विस्व विद्यालयका प्रध्यापक डा दधिराज सुवेदी, विषेश अतिथी दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र आयोजक सस्थाका अध्यक्ष दाहलले संयूक्तरुपमा गर्नु भएको थियो ।
साथै सोहि अवसरमा सम्पूणर्मा जीवन आचार्य नामक कृतीको विमोचन पनि गरिएको थियो ।
कर्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले साहित्यकार जीवन आचार्यको साहित्यीक योगदानको स्मरण गरेका थीए ।
साहित्यकार शिव रेग्मी प्रणतले विमोचीत पुस्तक भित्र भएको विषय बस्तुको बारेमा कार्यक्रममा प्रकाश पार्नु भएको थीयो ।
भिडियो