प्रधानमन्त्री कार्यालयबाट मिश्रित शक्ति प्रदर्शन भयो : सांसद ओली

काठमाडौं ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे उठेको विवाद, संवैधानिक निकायहरूको स्वतन्त्रता, प्रशासनिक संयन्त्रमा बढ्दो हस्तक्षेप तथा कूटनीतिक मर्यादासम्बन्धी विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि नै प्रश्न खडा गरेको बताउनु भएको छ ।

उहाँले भन्नुभयो्, ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले सदनमा मात्र होइन, मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि नै गम्भीर प्रश्न खडा गरेको धेरै हप्ता बितिसकेको छ। हामी निरन्तर जिम्मेवार जवाफको अपेक्षा गरिरहेका छौँ, तर प्रधानमन्त्री कार्यालयबाट जवाफदेहिता होइन, मौनता र मिश्रित शक्ति प्रदर्शनको संकेत देखिएको छ ।’

ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकायहरूको स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा उल्टै हस्तक्षेपकारी भूमिका निर्वाह गरेको आरोपसमेत लगाउनु भएको छ ।

सार्वजनिक रूपमा आएका समाचारहरूको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री कार्यालयका सल्लाहकार तथा सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि दबाब दिएको आरोपबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गर्नु भया।

‘यदि यो समाचार असत्य हो भने सरकारले तत्काल खण्डन गर्नुपर्छ, । यदि सत्य हो भने यो संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप हो,’ उहाँले भन्न्ुाभयो ।

 

सांसद ओलीले नेपालको कूटनीतिक प्रतिष्ठामाथि पनि असर पर्ने खालका गतिविधि भएको दाबी गर्दै कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग भएको भनिएको व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि कमजोर बनाउने चेतावनी दिनु भयो ।

प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव अस्वाभाविक रूपमा बढेको र स्थायी प्रशासनिक संयन्त्रमाथि अनौपचारिक शक्ति केन्द्र हाबी हुन थालेको भन्दै उहाँले चिन्ता व्यक्त गनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस