डर र असुरक्षामा गुज्रिएका नागरिकलाई संरक्षण गर्नु हाम्रो दायित्व हो  आईजीपी कार्की

काठमाडौं ,५ असार । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले विकासलाई केवल भौतिक पूर्वाधार, चिल्ला सडक, अग्ला भवन वा राम्रो भोजनसँग मात्र जोडेर हेर्न नहुने बताउनु भएको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वर निर्माण, मर्मत संभार तथा पुनस्र्थापना समितिको अगुवाइमा निर्माण भएको भवन तथा संरचनाहरु हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले वास्तविक विकास नागरिकको जीवनस्तर, सुरक्षा र सम्मानसँग सम्बन्धित हुने बताउनु भएको छ ।

उहाँले डर, असुरक्षा र विभिन्न संकटबाट गुज्रिएका नागरिकलाई संरक्षण गर्नु समाज तथा स्वयं नागरिकको साझा दायित्व भएको बताउनु भएको छ ।

कार्कीले सभ्य र सहयोगी समाज निर्माणका लागि सबै पक्षको साझेदारी आवश्यक रहेको उल्लेख गर्दै सामूहिक प्रयासबाट मात्रै समृद्ध र मानवीय समाजको निर्माण सम्भव हुने बताउनु भएको छ ।

नेपालमा एक दशकसम्म नागरिक आक्रोश विभिन्न रूपमा अभिव्यक्त भएको उल्लेख गर्दै उहाँले त्यस्तो आक्रोश दोहोरिन नदिन राजनीति, संस्कृति, कला, भावना र सामाजिक सभ्यतालाई सकारात्मक दिशातर्फ उन्मुख गरिनुपर्ने बताउनु भयो ।

‘भदौ २३ र २४ गतेको आन्दोलन पछिको भवन एउटा कालखण्डमा नेपालमा झन्डै १० वर्षको काल खण्डमा नागरिकको आक्रोश व्यक्त हुन्छ । ती नागरिकको आक्रोश व्यक्त नहोस् भन्नका लागि राजनीति, संस्कृति कला, भावना, सभ्यतातर्फ उन्मुख हुँदा त्यो लम्बिन्छ,’ उहाँले भन्नु भयाे, ‘जहिले पनि जतिसुकै अन्धकार र गरिबी भए पनि त्यहाँ उज्यालेको सम्भावना सधैँ रहिरहन्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस