रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो : अध्यक्ष लिङ्देन

काठमाडौं,७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताउनु भएको छ  ।

आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेन शाहले राजा ल्याउँछन भनेर भोट दिएका मानिसहरू पनि रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरूको भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि भोट छ। राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो । तर राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिएका मानिसहरू पनि छन्। त्यसैले तपाईंहरूको जिम्मेवारी विशिष्ट छ, जनताको विशिष्ट चाहना सम्बोधन गर्नुपर्छ ।’

उहाँले प्राप्त गरेको जनसमर्थन परम्परागत राजनीतिक संगठन र पैसाको बलमा नभइ परिवर्तनको चाहनाबाट आएको बताउनु भएको हो् ।

पछिल्लो निर्वाचनको परिणामले परम्परागत राजनीतिक समीकरणलाई चुनौती दिएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयोे, ‘यो मतपरिणाम हेर्दाखेरी कुन राजनीतिक दर्शनले, कुन संगठनले काम ग¥यो भन्ने प्रश्न उठ्छ । यो यस्तो निर्वाचन थियो जहाँ राजनीतिक संगठन र पैसाले मात्र काम गरेन । रास्वपाले सबै वडा र गाउँपालिकामा संगठन बनाएको पनि थिएन ।’

उहाँले मुलुकको समस्या केवल विगतका नेताहरूमा मात्र सीमित नभएको जिकिर गर्दै संविधान र वर्तमान संवैधानिक व्यवस्थामा पनि सुधारको आवश्यकता रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘समस्या हामीले देखेको हिजोका नेताहरूमा मात्र होइन। नेताहरूमा पनि थियो, त्यसैले जनताले बढारेर फाले। तर समस्या नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ।’

उहाँले राष्ट्रिय सहमतिको आधारमा संविधानमा आवश्यक परिवर्तन र सुधार गर्नुपर्ने धारणा राख्दै राजनीतिक दलहरूबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गनुभयो।

लिङ्देनले रास्वपाले प्राप्त गरेको अवसरको सही सदुपयोग गर्नुपर्ने उल्लेख गर्दै निषेधको राजनीति होइन, सहमति र सहकार्यको राजनीतिलाई अघि बढाउनुपर्नेमा जोड दिनु।

उनले भने, ‘तपाईंहरूले पाएको यो अवसरको सही सदुपयोग गर्नुहोस्। निषेधको होइन, सहमतिको राजनीतिको रूपमा अगाडि बढ्नुपर्छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस