प्रधानमन्त्री एकदमै स्मार्ट, इन्टेलिजेन्ट र स्टाइलिस युवा हुनुहुन्छ : सिके राउत

काठमाडौं,७ असार । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले देश परिवर्तन र समृद्धिको साझा लक्ष्यका लागि सहकार्य आवश्यक रहेको बताउनु भएको छ् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै राउतले देश निर्माण र समृद्धिको लक्ष्यसहित देशभरका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएको उल्लेख गर्नुभयोे । उहाँले पद र प्रतिष्ठिभन्दा माथि उठेर देश परिवर्तनको उद्देश्यका साथ आफू शुभकामना दिन उपस्थित भएको बताउनु भयो ।

उहाँले भन्नु भयोे, ‘देश बनाउने अठोटका साथ र देशमा केही समृद्धि आओस् भनेर यहाँ ७७ वटै जिल्लाबाट हामी आएका छौं। तर पद र प्रतिष्ठाका लागि तपाईंहरू आउनुभएको होइन। यो देश कसरी बदल्ने भन्ने चाहना मलाई पनि भएकोले म शुभकामना दिन यहाँ उपस्थित भएको छु । जुन सपना तपाईंले देख्नुभएको छ, त्यही सपना मैंले पनि देखेको हुनाले आज शुभकामना दिन यहाँ उपस्थित भएको छु । म यहाँ कुनै प्रतिस्पर्धीको रूपमा होइन, तपाईंको सहयात्री र सहयोगीको रूपमा शुभकामना दिन यहाँ उपस्थित भएको छु ।’

उहाँले रास्वपाले देखेको सपना र आफ्नो सपना समान रहेको उल्लेख गर्दै आफू प्रतिस्पर्धीका रूपमा नभई सहयात्री र सहयोगीका रूपमा कार्यक्रममा सहभागी भएको बताउनु भयो ।

त्यसैगरी, उहाँले रास्वपाको महाधिवेशनलाई केवल संगठनात्मक कार्यक्रम नभई ‘क्रान्तिको महोत्सव’ को संज्ञा दिनुभयो । आफूले पनि देश विकासको सपना बोकेर विभिन्न आन्दोलनहरू गरेको स्मरण गर्दै देश परिवर्तनका लागि सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘यो केवल महाधिवेशन मात्र होइन, क्रान्तिको महोत्सव हो। म पनि तपाईंहरूजस्तै सपना देख्ने मान्छे थिएँ। देश विकासका लागि म यहाँ उपस्थित छु। सपना मात्रै देखेनौं, एकभन्दा एक आन्दोलन पनि गर्यौं।’

सम्बोधनका क्रममा राउतले वर्तमान प्रधानमन्त्रीको व्यक्तित्व, क्षमता र सोचको समेत प्रशंसा गर्नुभयो । उहाँले प्रधानमन्त्रीलाई स्मार्ट, बुद्धिमान र जनप्रिय नेताका रूपमा चित्रण गर्दै जनताले व्यापक रूपमा माया गरेको उल्लेख गर्नुभयोे । साथै, प्रधानमन्त्रीले नेपाली जनतालाई खुशी र समृद्ध देख्न चाहेको स्पष्ट सन्देश दिनुपर्ने उहाँको भनाइ थियो ।

एहाँले भन्नुभयो, ‘तपाईंहरूले अहिले हाम्रो प्रधानमन्त्री कस्तो दिनुभएको छ भने एकदमै स्मार्ट, इन्टेलिजेन्ट र स्टाइलिस । युवा, त्यसमा पनि सबैलाई मन पर्ने। कुनै दिन विपक्षीहरूले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कालो लुगा लगाउन निषेध गर्ने ऐन ल्याउनुपर्यो भन्न पनि बेर छैन । त्योभन्दा ठूलो कुरा म उहाँको माइन्डसेटको सलाम गर्छु। जनताले अथाह माया गरेका छन्, सबैतिरका जनताले उत्तिकै माया गरेका छन्। त्यसैले तपाईंले पनि ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू।’

राउतले देशको विकास, समृद्धि र जनताको अपेक्षा पूरा गर्न नेतृत्वले दूरदृष्टि र सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिनु भएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस